PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​दुई सातापछि सुनको भाउ बढ्यो, तोलाको ४८ हजार रुपैयाँमा किनबेच



​दुई सातापछि सुनको भाउ बढ्यो, तोलाको ४८ हजार रुपैयाँमा किनबेच

काठमाडौं : लगातार दुई हप्तादेखि घटिरहेको सुनको मूल्य आइतबार भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ४८ हजार रुपैयाँमा किनबेच भइरहेको छ।
 
शुक्रबार तोलाको ४७ हजार दुईसय रुपैयाँमा कारोबार भएको सुन आइतबार आठ सय रुपैयाँले बढेर ४८ हजार पुगेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए।
 
गएको असार २७ गतेयता घट्दो क्रममा रहेको सुन शुक्रबारसम्म ओरालो लागेको थियो। असार २७ गते तोलाको ५० हजार सातसय रुपैयाँमा कारोबार भएको सुन त्यसपछि घटेर ४७ हजार दुईसय रुपैयाँसम्म झरेको थियो।
 
सुनचाँदी व्यवसायीले ४५ हजारसम्म आइपुग्ने अनुमान गरेका थिए। तर अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि बढेको शाक्यले बताए। आइतबार चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर ६ सय ६५ रुपैयाँ पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell