PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

सुन तोलाको ४५ हजार रुपैयाँभन्दा कम !



  • प्रभात भट्टराई -
काठमाडौँ : नेपालमा आइतबार सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढ्यो। तर, अन्तर्राष्ट्रिय बजारका विज्ञहरुको भविष्यवाणी मान्ने हो भने एक महिना भित्रै पहेँलो धातुको मुल्यमा १० प्रतिशतसम्मले गिरावट आउनेछ। आइतबार अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य केही मात्रामा बढेको छ। तर, त्यही बढोत्तरीका बीचमा बिज्ञहरुले मूल्य घट्ने भविष्यबाणी गरेका हुन्। साताको पहिलो दिन नेपालमा छापावाल सुन प्रति १० ग्रामको मूल्य ४८ हजार रुपैयाँ तोकियो। भारतमा समेत १० ग्राम सुनको मूल्य ५२ रुपैयाँले बढेर २४ हजार सात सय ८६ भारु पुगेको छ।
 
धातु बजारका जानकारहरु यो बढोत्तरी ट्रेन्ड नभइ एक सामान्य संयोग मात्र रहेको बताउँछन्। उनीहरुका अनुसार एक महिना भित्रै भारतमा १० ग्राम सुनको मूल्य २३ हजार भारुमा झर्नेछ। त्यसो भएमा नेपाली बजारमा छापावाल सुन तोलाको ४४ हजार पाँच सय रुपैयाँ हाराहारीमा पाइनेछ।
 
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा बढोत्तरी गर्ने सम्भावना र अमेरिकी डलरको थप मजबुतीले सुनको मूल्यमा सिधा प्रभाव पार्ने विश्लेषकहरुको राय छ। भारतीय अनुसन्धान संस्था कमेन्टेटर रिसर्चका निर्देशक ज्ञानशेखर त्यागराजनले भनेका छन् 'सुनमा मन्दी आइ सकेको छ, यसको मूल्य एक साता देखि महिना दिन भित्र प्रतिदश ग्राम २३ हजार देखि साढे २३ हजार भारुमा झर्न सक्नेछ।' अन्तर्राष्ट्रिय बजार आउँदो मंगलबार सम्म पुर्णत बेचैन छ। त्यस दिन फेडरल रिजर्भले ब्याजदरमा बढोत्तरीबारे फैसला लिनेछ। फैसला जे आए पनि त्यो सुन कारोवारीका लागि सकारात्मक हुनेछैन। किनभने ब्याजदर बढ्नेमा दुई मत छैन, मात्र कहिले सम्मलाई र कुन दरमा भन्ने प्रश्न हो।
 
अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य प्रति औंश एक हजार ९७ अमेरिकी डलर रहेको छ। त्यागराजनले अमेरिकी केन्द्रीय बैंकको फैसलासँगै अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंश एक हजार २० अमेरिकी डलरमा आउने बताएका छन्। सुनको मूल्य घट्दै गएर प्रति औंश एक हजार डलर भन्दा तल समेत आउन सक्ने उनको भनाइ छ। यहि कारण भारतीय विश्लेषकहरु सुनले सुरक्षित लगानी विकल्पको पहिचान तत्कालका लागि गुमाएको बताउन थालेका छन्। साथै उनीहरु डलरको तुलनामा भारु कमजोर भएका बेला सुनको मूल्यबाट आयातमा सहुलियत मिल्न सक्ने बताउन थालेका छन्।
 
यो फाइदा नेपालीलाई पनि हुनेछ। आइतबार डलरको मूल्य बढ्दै गएर एक सय दुई रुपैयाँ ७५ पैसा पुगेको छ। छिटै यसले एक सय तीन रुपैयाँ छुने अनुमान गरिएको छ। यस्तोमा सुन सस्तिँदा दीर्घकालीन लगानीकर्ता देखि उपभोक्ता सम्मले फाइदा लिन सक्नेछन्। अल्पकालमा भने सुनको मूल्य उकालो नजाने विश्लेषकहरुले बताएका छन्।
 
गत साता मात्र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश एक हजार एक सय ४० अमेरिकी डलरबाट घटेर एक हजार ८५ डलरमा आएको थियो। यस्तै भारतमा पछिल्लो नौ महिनामा २७ प्रतिशतले मूल्य गिरावट भइ १० ग्राम सुन ३४ हजारबाट २४ हजार सात सय भारुमा झरेको छ। नेपालमा पनि गत माघमा ५४ हजार चार सय रुपैयाँ प्रति तोला सम्म पुगेको सुनको मूल्य लगातार घटेर ४७ हजार दुई सय रुपैयाँ सम्म आइ पुगेको हो। नेपाली सेयर बजार समेत थप आकर्षक लगानी थलो बनेका बेला सुनको मूल्य घटेर लगानीकर्तालाई दोधारमा पारेको छ। मौद्रक नीतिले बैंक तथा वित्तिय संस्थाको चुक्ता पुँजी चौबर पार्ने निर्णय गरेसँगै सेयर बजार दुई दिनमा ९० अंकले बढि सकेको छ। तत्कालका लागि सेयर बजारबाट राम्रै प्रतिफल आउने लगानीकर्ताहरुको विश्वास छ। यहि अवस्थामा भविष्यका लागि सुरक्षित लगानीको विकल्प बनेर सुन नेपाली लगानीकर्ताको सामुन्ने आएका छ। एजेन्सीको सहयोगमा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell