
काठमाडौं : एनसेल नेपाल लिटरेचर फेस्टिभलको चौँथो संस्करण आजबाट काठमाडौंमा सुरु भएको छ। साहित्य र कलाका विविध पक्षमा बहस हुने फेस्टिभल चार दिन सम्म जारी रहने छ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भैरहेको फेस्टिभल नेपाली साहित्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले आयोजना गरिएको आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ।
फेस्टिभल विगतमा झैँ एनसेल नेपाल प्रालिले प्रायोजन गरेको छ। फेस्टिभलको पहिलोपोस्टले लाइभ स्ट्रिमिङ गरिरहेको छ।
कार्यक्रममा ६ जना विदेशीसहित नेपाली १ सय ४० भन्दा बढी लेखक/साहित्यकार र सयौँ कला अनुरागीहरुको सहभगिता रहेको आयोजक बुकवर्म फाउन्डेससनका अध्यक्ष अजित बरालले जानकारी दिए।
कार्यक्रममा शशी थरुर (भारत), फराह गुझनभी,(बंगलादेश), तिटसानी दोशी (बेलायत), कार्लो पिज्जाटी (इटली), बसरत पीर (भारत) र हरितोषबाल सिंह (भारत) सहाभागी हुनेछन्। यस्तै नेपाली लेखक/साहित्यकार अभि सुवेदी, सरुभक्त, तटोया गुरुङ, मोमिला, सरस्वती प्रतिक्षा, प्रतिसरा सायमी, युवराज घिमिरे, विजय कुमार पाण्डे, नयनराज पाण्डे, नारायण ढकाल, अमर न्यौपाने, मनु मञ्जिल, डा. राजेन्द्र विमल लगायत सहभागी हुनेछन्।
लेखक/पाठकको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने, साहित्यको स्तर वृद्धि गर्ने र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा समेत स्थापित गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजकले जनाएको छ।
महोत्सव आयोजक बुकवर्म फाउन्डेसन साहित्य सेवा र प्रवर्द्धनमा जुटेको संस्था हो। यसले पुस्तक प्रकाशन, छलफल तथा लेखन कार्यशाला लगायतका काम गर्दै आएको छ।
साहित्यकार डा. बानिरा गिरी।
साहित्यकार डा. बानिरा गिरी र डा. चैतन्य मिश्र।
साहित्यकार डा. बानिरा गिरी र डा. चैतन्य मिश्र।
कसरी बन्ला नेपाल ? बहसमा सिके लाल, स्वर्णिम वाग्ले, प्रदीप गिरी र सुशील शर्मा।
फेस्टिभलको पहिलो दिनको कार्यक्रम तालिकाः