PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नेपाली बजारमा करोडमाथिका कार



नेपाली बजारमा करोडमाथिका कार

काठमाडौं : नेपाली बजारमा महँगा गाडीका सौखिन कम छैनन्। त्यसकै प्रतिफल हो यहाँ सबैखाले सुविधासम्पन्न सवारी उपलब्ध छन्। नेपाली बजारमा १० लाख रुपैयाँभन्दामाथिका गाडीहरु उपलब्ध छन् भने छिमेकी भारत र चीनदेखि युरोपमा बनेका कारसम्म सडकमा गुडेको देख्न पाइन्छ।

कर्पोरेट क्षेत्रको विस्तारसँगै नेपाली सडकमा करोडका कार सामान्य देखिन्छ। करोडमाथिका कार र जीपहरु यस्ता छन् :

करोडको माज्दा सीएक्स ५


माज्दा सीएक्स जिप नेपाली बजारमा १ करोडबाट उपलब्ध छ। यही गाडीको फोर ह्विलको मूल्य भने १ करोड ५ लाख रुपैयाँ तोकिएको छ।

करोडमाथि टोयोटाको दवदवा

कारको राजा मानिने टोयटा नेपाली बजारमा उत्तिकै प्रिय छ। जापानको यो कार उत्पादक कम्पनी नेपाली बजारमा करोडमाथका धेरै कार बेच्ने कम्पनी पनि हो। टोयोटाको करोडमाथिको सबैभन्दा कम मूल्यको जिप हो रेभ फोर। १ करोड ८ लाख रुपैयाँ यसको मूल्य छ। टोयोटाकै फर्चुनर १ करोड १६ लाख रुपैयाँको गाडी हो। यही कम्पनीको ल्यान्डक्रुजरको मूल्य १ करोड ५० लाखबाट सुरु हुन्छ। र नेपालमा २ करोड ६० लाख रुपैयाँसम्मका ल्यान्डक्रुजर उपलब्ध छ। टोयोटाकै प्राडो १ करोड ६० लाखदेखि १ करोड ९६ लाख रुपैयाँमा यहाँ बिक्री हुने गरेको छ।




    
 

कियाको सोरेन्टो

किया मोटर्सको सोरेन्टो काठमाडौंमा चल्ने करोडमाथिको गाडी हो जसको मूल्य १ करोड १५ लाख रुपैयाँ छ।

महँगामा भक्सवागन

भक्सवागनको ट्वारेगका १ करोड ६२ लाख रुपैयाँदेखि १ करोड ८२ लाख रुपैयाँसम्म उपलब्ध छन्। यी गाडीले पनि काठमाडौंको सडकका शोभा बढाइरहेका छन्।

हुन्डाइको सान्ता फे

हुन्डाइको सान्ता फे नेपाली बजारमा १ करोड १८ लाख ९६ हजारमा उपलब्ध छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell