PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मोटरसाइकल छाडेर कार चढ्नेका लागि ५ अप्सन



मोटरसाइकल छाडेर कार चढ्नेका लागि ५ अप्सन

काठमाडौं : मध्यमवर्गको संख्या बढिरहेकाले मोटरसाइकलबाट चारपाङ्ग्रेमा सवार हुनेको संख्या दिनानुदिन बढ्दो छ। झरीको समय त मोटरसाइकलमा रुझ्दै हिड्नेको आकांक्षामा सधै हुने गर्छ कम मूल्यका चारपाङ्ग्रे सवारी।

सार्वजनिक यातायात भरपर्दो नभएको हाम्रोजस्तो मुलुकमा मोटरसाइकल सबैभन्दा धेरैले प्रयोग गर्ने सवारीमा पर्छ। साइकलबाट मोटरसाइकल र मोटरसाइकलबाट कारको अपेक्षा गर्नु प्राकृतिक विषय हो नेपालका सन्दर्भमा। आर्थिक जीवनमा सामान्य फड्को मार्नासाथ मानिसहरु सवारी अपग्रेड गर्न चाहन्छन्। नेपालमा अहिले कार चढ्नेहरु केही वर्षअघिसम्म मोटरसाइकल पारखी थिए।

नेपालमा कुनै समय साइकल चढ्नसमेत लाइसेन्सको प्रयोग हुन्थ्यो। त्यतिखेर साइकल चढ्नेका सामु मोटरसाइकल सपना हुने गर्थ्यो। अहिले मोटरसाइकल चढ्नेको सपना साना कार नै हुने गर्छन्। अझ छोरा छोरी हुर्केपछि मोटरसाइकलमा सपरिवार यात्रा गर्न कठिन हुँदा पनि कल्पनामा आउने गर्छ : कम मूल्यका कार। तपाईँ पनि यस्तै मनस्थितिबाट गुज्रिरहनु भएको छ भने यहाँ प्रस्तुत छ नेपाली बजारमा उपलब्ध कम मूल्यका चारपाङ्ग्रे सवारी
 

मारुती सुजुकी अल्टो

भारतीय कम्पनी मारुती सुजुकीले मारुती ८०० मोडलको गाडी उत्पादन बन्द गरेपछि मारुती अल्टो कम्पनीको सबैभन्दा सस्तो कार हुन पुगेको ​छ। मारुती अल्टो सबैभन्दा इन्धन किफायती कार पनि हो। मोटरसाइकल छाडेर अपग्रेटका हुन चाहनेबीच यो गाडी प्रिय पनि छ। नेपाली बजारमा अल्टोको मूल्य १४ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ। यसमा कम्पनीले दिने छुट र सुविधा भने जोडिएको छैन।
 

कोरियन ब्रान्डमा कम मूल्यको इओन

कोरियन कार उत्पादक हुन्डाईले बजारमा उतारेको इओन मोटरसाइकल 'सब्स्टिच्युट' गर्नेका लागि महत्वपूर्ण भेहिकल हुनसक्छ। यसले पनि कम इन्धन खपत गर्छ भने लुक्स बेजोडको छ। सहरी यात्राका लागि यो पर्फेक्ट कार नै हो। नेपाली बजारमा यसको मूल्य १६ लाख ५६ हजारदेखि २० लाख ७६ हजार रुपैयाँसम्म पर्छ। तपाईँको आवश्यकताले यसको मूल्य निर्धारण गर्छ।

ड्याटसनको गो

ड्याटसनको गो पनि ब्रान्ड रुचाउनेका लागि कम मूल्यको कार हो। जापानी ब्रान्डको यो कार भर्खरैमात्र नेपाली बजारमा लन्च गरिएको छ। यसको मूल्य १८ लाख ९९ हजारबाट १९ लाख ९९ हजारसम्म छ। हेर्दा आकर्षक ड्याट्सन पनि नेपाली बजारमा उपलब्धमध्येका कम मूल्यका राम्रा कारमा पर्छन्।
 

टाटाको इन्डिका

नेपाली सडकमा धेरै गुड्ने सवारीमा टाटा कम्पनीको ठूलै हिस्सा छ। चार पाङ्ग्रेभन्दा माथिका भेहिकल बजारमा बलियो उपस्थिति जनाएको टाटाले कम मूल्यको कार नानो पनि ल्याएको छ। तर कम्पनीको इन्डिका भने मोटरसाइकलपछि कार चढ्नेका लागि बढी लोकप्रिय रहेको देखिन्छ। इन्डिकाको मूल्य १८ लाख ९५ हजारबाट सुरु हुन्छ।
 

फोर्डको फिगो

मोटरसाइकलपछिको पहिलो कारको रोजाईमा फोर्डको फिगो पनि उपयुक्त हुनसक्छ। आकर्षक लुक्सको यो कारमा उत्पादक कम्पनी फोर्डका कारण पनि धेरैको चासो हुने गर्छ। नेपाली सडकमा फिगोको उपस्थिति उत्तिकै बलियो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell