PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मिस युथ नेपालमा निशुल्क सहभागिता



मिस युथ नेपालमा निशुल्क सहभागिता

काठमाडौं : नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमै पहिलो पटक शुल्कबिना नै सौन्दर्य प्रतियोगितामा सहभागी हुन पाइने भएको छ। ट्रिक मिडियाले पहिलो पटक आयोजना गर्न लागेको ‘मिस युथ नेपाल–२०१५’ सहभागी हुन चाहने प्रतिस्पर्धि युवतीले कुनै पनि शूल्क तिर्नु नपर्ने आयोजक संस्थाका प्रमुख नहकुल खड्काले प्रस्ट पारेका छन्।

यसअघि टेलिभिजनमा रियालिटी सो तथा क्विज निर्माण गरिरहेको ट्रिक मिडियाले ‘मिस युथ नेपाल’ मा सहभागिताका लागि आगामी साउन २३ गते शनिबार पहिलो अडिसन कार्यक्रम सञ्चालन गर्दैछ। ‘युथ विद पर्पोस’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको यो प्रतियोगितामा सहभागिता जनाउने युवतीहरु प्लस टु उत्तिर्ण १६ वर्षदेखि २५ वर्ष उमेर समुहको हुनु पर्ने आयोजकले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएका छन्।

प्रतियोगिताका लागि छनौट हुने सुन्दरीहरुलाई एक महिनाको विशेष प्रशिक्षण गरिने छ। भदौको दोस्रो साता जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुने यो प्रतियोगितामा सहभागी हुने प्रतियोगिहरुलाई चलचित्र निर्देशकहरु दिनेश डिसी, सुमन दाहाल, सुचित्रा श्रेष्ठ, क्याप्टेन विजय लामा, संगीतकार महेश खड्का आदिले व्यक्तित्व विकाससहितका विधामा प्रशिक्षण दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell