PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

राजधानीमा चिनियाँ फिल्म फेस्टिवल



राजधानीमा चिनियाँ फिल्म फेस्टिवल

  • पहिलोपोस्ट -
काठमाडौं : चिनियाँ फिल्म फेस्टिवल काठमाडौंमा सुरु भएको छ। नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्षको अवसरमा चलचित्र विकास बोर्ड र वल्र्ड कल्चरल नेटले फेस्टिभल गरेका हुन्।
 
तीन दिने फेस्टिभलको पहिलो दिन ‘वाइल्ड हर्स फ्रम सांग्रिला’ प्रदर्शन गरिएको थियो। जिगो ली निर्देशित फिल्ममा चीनको कुन्मिङको एक दुर्गम युवकको दौडको कथा भन्छ।
 
जंगली घोडाभन्दा छिटो दगुर्ने युवक बहिनीको मुटुको उपचारका लागि कुन्मिङमा हुने म्याराथनमा सहभागी हुन जान्छ। फेस्टिभल समारोहमा बोल्दै चिनियाँ दुतावासका प्रथम सचिव एवं सांस्कृतिक विभाग प्रमुख चाङ विङले दुई देशबीचको दौत्य सम्बन्ध कायम राख्न फिल्म महत्वपूर्ण माध्यम भएको बताए। ‘चीनका फिल्मले नेपालीको मुटु छुन्छ भन्ने मलाई लाग्छ’ उनले भने।
 
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नेपाली फिल्मलाई नेपालमै स्थापित गरेर मात्र विदेशमा लैजाने योजना रहेको सुनाए। वर्ल्ड कल्चरल नेटका प्रमुख दीपक सरकारले केही नेपाली फिल्मलाई डबिङ गरेर चिनियाँ भाषामा प्रदर्शन गर्ने सोच रहेको बताए।
 
आज र भोलि चावहिलस्थित केएल टावरको एफक्युव फिल्म हलमा फेस्टिभल हुँदैछ। विश्वको दोस्रो ठूलो आर्थिक शक्ति चीनले पछिल्लो समय नेपालमा सांस्कृतिक प्रभाव पनि विस्तार गर्न थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell