PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

फोटोमा हेर्नुस् भूकम्प पीडित सहयोगमा हिमानी



फोटोमा हेर्नुस् भूकम्प पीडित सहयोगमा हिमानी

  • अंगद ढकाल/पहिलोपोस्ट-
काठमाडौं:  पूर्व युवराज्ञी हिमानी शाहको सोमबार बिहान पशुपतिनाथ मन्दिर पुगिन्। साउन महिनाको सोमबार भगवान् पशुपतिनाथको मन्दिर पुगेर उनले भगवान् शिवजीको पुजा अर्चना गरिन्। दिउँसो भने हिमानी जुटिन् परोपकारी कार्यमा। आफ्नै नाममा सञ्चालित ट्रस्ट मार्फत भूकम्पले क्षतिग्रस्त बनेको विद्यालय भवनलाई उनले जस्ता हस्तान्तरण गरिन्। 



 उनले भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक घुमथाङ ४ को  उपस्वास्थ्‍य चौकी र विद्यालयलाई जस्तापाता हस्तान्तरण गरिन्। उनको ट्रस्टले गणेशमान सिंह स्मृति उपस्वास्थ्य चौकीलाई ७ बण्डल र सरस्वती माध्यमिक विद्यालयलाई १८ बण्डल जस्तापाता सहयोग गरेको हो।कार्यक्रम अवधिभर हिमानी मुस्कुराइ राखिन्। तर उनी केही बोलिनन्। हिमानी कार्यक्रममा पूर्व अधिराजकुमारी प्रेरणा शाह, छोरी पूर्णिकासँगै ट्रष्टमा आवद्ध महिलाहरुसँग पुगेकी थिइन्।  

ट‍्रष्टले गरेको कार्यक्रममा वितरित जस्तापाता र सहभागीहरुको फोटो हेर्नुस्: 
































 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell