![बन्दको प्रचार गर्ने २० जना पक्राउ, मसाल जुलुसमा प्रहरी हस्तक्षेप](https://pahilopost.com/assets/upload/contentthumb/1-11903487_1016353931721798_493308244_n.jpg)
- अंगद ढकाल/पहिलोपोस्ट-
![](assets/upload/images/1-11857623_1016353331721858_2009004655_n.jpg)
पक्राउको फोटो खिच्न नदिँदा प्रहरी र फोटोग्राफरहरुबीच केही समय भनाभनसमेत भएको थियो।
नेपाली प्रहरीले जनाए अनुसार बन्द सफल पारौं भन्दै माइकिङ्ग गर्दै हिड्ने २० जनालाई उपत्यकाका विभिन्न ठाउँबाट शनिबार प्रहरीले पक्राउ गरिएको छ।
![](assets/upload/images/1-11847507_1016351955055329_82345152_o.jpg)
सो क्रममा काठमाडौं लाजिम्पाटबाट बा.१ ज २२४० नम्बरको ट्याक्सी चालकसहित ३ जना, कलंकी खसिबजारबाट बा.१ ज ३२३३ नम्बरको ट्याक्सी चालकसहित ३ जना, काठमाडौं महानगरपालिका–२० परोपकारबाट बा.१ ज ४७१० नम्बरको ट्याक्सी चालकसहित २ जना, ललितपुर ग्वार्को चोकबाट बा.१ ज ७१८ नम्बरको ट्याक्सीसहित २ जना, लगनखेल चोकबाट बा.१ ज ५४०९ नम्बरको ट्याक्सीसहित २ जना, ललितपुर बुंगमतीबाट बा.४ च २०२० नम्बरको कारसहित ४ जना, भक्तपुर मध्पुर ठिमी नगरपालिका–१३ बालकुमारी चोकबाट बा.१ च ३३७२ नम्बरको कारमा पर्चा २ वोरा, माइक २ थानसहित ४ जना गरी २० जना रहेको प्रहरीले बताएको छ।
मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीको ३३ दलीय मोर्चा र मधेसकेन्द्रित दलहरुले बन्द आह्वान गरेका हुन्।
![](assets/upload/images/1-11857661_1016352331721958_1829597767_n.jpg)
![](assets/upload/images/1-11881431_1016352165055308_893930133_o.jpg)
![](assets/upload/images/1-11896985_1016353611721830_2092421514_n.jpg)
![](assets/upload/images/1-11903487_1016353931721798_493308244_n.jpg)
![](assets/upload/images/1-11853046_1016352495055275_1315460924_o.jpg)