PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

टेम्पु हाँक्न सिक्दै रेखा थापा



टेम्पु हाँक्न सिक्दै रेखा थापा

काठमाडौँ : यतिबेला रेखा थापा टेम्पु हाँक्न सिक्दैछिन्।  उनको दिनचर्या टेम्पुलाई हाँक्ने र चालकको लाइफस्टाइल फलो गर्ने कर्ममा व्यस्त छ।

उनी टेम्पु चालक महिलाको रोलमा फिल्मभित्र पर्फेक्ट देखिन चाहन्छिन्। त्यसैले केही दिनअघि नारायणगढ र हेटौंडामा मयुरी टेम्पो चलाउन सिकिन् । ती दुई सहरको यो मुख्य सवारी साधन रेखाको फिल्म 'रामप्यारी'मा पात्रको रुपमा प्रवेश गर्दैछ।

यी अभिनेत्री, निर्मात्री एवं निर्देशक यो ‘बायोपिक’ सिनेमालाई लिएर यतिबेला तनमनका साथ लागिरहेकी छिन्। 

महिला पात्रको संघर्षलाई चित्रण गर्ने फिल्मको कथा पनि स्वयं रेखाले लेखेकी हुन्। सविर श्रेष्ठले निर्देशन गर्ने फिल्ममा आभाष अधिकारी पनि देखिनेछन्। तर, उनको भूमिका खुलाइएको छैन।

यसैवर्ष प्रदर्शन हुने 'रामप्यारी' रेखाको प्रतीक्षित प्रोजेक्ट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell