PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

कान्छा निर्देशकले जापानमा भने - अब एक्सन फिल्म



कान्छा निर्देशकले जापानमा भने - अब एक्सन फिल्म

कान्छो फिल्म निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखेका सौगात विष्टको चर्चा अहिले जापानमा चुलिएको छ । उनी निर्देशित ‘लभ यू बाबा’लाई जापानी दर्शकले हेरेर प्रशंसा गरेका छन् ।  

त्यहाँ सुरु भएको सिनोओकुवा फिल्म फेस्टिभलमा सौगातको चर्चा किनपनि छ भने उनले आफूभन्दा ठूलो उमेरका हस्ती निर्देशकसँग प्रतिस्पर्धा गर्दैछन् । 

फिल्म हेरेपछि दर्शकले आठ वर्षे सौगातको निर्देशकीय क्षमताप्रति चासो राखेको उनका बुवा एवं अभिनेता गजित विष्टले बताए । दर्शकसँग कुरा गर्दै सौगातले अब आफूले एक्सन प्रधान सिनेमा गर्ने बताए । 

उनकी आमा एवं निर्मात्री सम्झना पोखरेलले दर्शकसँग सौगातको बाल्याकालिन क्षमताबारे जानकारी दिइन् । ‘उसले सानो कुरामा पनि चासो राख्थ्यो’ उनले भनिन् । 

आठवर्षे बालकले फिल्म निर्देशन गर्न सकेको थाहा पाएका जापानी दर्शक चकित भएका थिए । एक साता संचालन हुने महोत्सवमा पूर्वी एसियाली मुलुकहरु चीन, जापान, दक्षिण कोरिया, सिंगापुरका फिल्म प्रदर्शन हुने भएका छन् । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell