PahiloPost

Sep 11, 2026 | २६ भदौ २०८३

बीपी कोइरालाको उपन्यास ‘तीन घुम्ती’मा बनेको फिल्म ट्रेलर रिलिज



काठमाडौँ : साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘तीन घुम्ती’माथि बनेको फिल्मको ट्रेलर सार्वजनिक भएको छ। फिल्मको नाम पनि पुस्तकबाटै राखिएको हो। 

पाँच मिनेट लामो यो ट्रेलरमा अभिनेत्री गरिमा पन्त फिचरिङ छिन्। ट्रेलर लम्बाई नेपाली सिनेमाको इतिहासमै लामो हो। लन्डन प्रिमियरको केही दिनअघि ट्रेलर सार्वजनिक गरिएको हो। 

बाबुराम ढकालको निर्देशनमा बनेको फिल्ममा गरिमा इन्द्रमायाको भूमिकामा छिन् । विद्यालय र विश्वविद्यालयमा समेत पढाइ हुने यो उपन्यास निकै लोकप्रिय छ । 

ध्रुव दत्त र सुशान्त कार्की समेत मुख्य भूमिकामा छिन्। लन्डन प्रिमियरको आयोजना ध्रुवले मिलाएका हुन्। गरिमाले यसअघि कृष्ण धरावासी लिखित उपन्यास ‘झोला’ माथि बनेको फिल्ममा अभिनय गरेकी थिइन्। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell