PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

फोर्ब्स सूचीमा जेनिफर सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री



फोर्ब्स सूचीमा जेनिफर सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री

हलिउड अभिनेत्री जेनिफर लरेन्स सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन्। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सर्वाधिक पारिश्रमिक लिने सूचिमा लरेन्स नम्बर वानमा उक्लिएकी हुन्।

गत वर्ष ‘हंगर गेम्स’ स्टार दोस्रो स्थानमा थिइन्। ३५.५ मिलियन डलरका साथ स्कारलेट जोहान्सन् दोस्रो स्थानमा छिन्। गत वर्षकी सर्वाधिक कमाउने एक्ट्रेस सान्ड्रा बुलक १५ औं स्थानमा छिन्।

एन्जेलिना जोली १ करोड ५० लाख डलरसहित सातौं स्थानमा छिन्। फोर्ब्सले यसै महिना सर्वाधिक पारिश्रमिक पाउने अभिनेताको सूचि सार्वजनिक गरेको थियो जसमा डाउन्ने जोन्सन पहिलो स्थानमा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell