PahiloPost

Sep 11, 2024 | २६ भदौ २०८१

एउटा प्रेरणादायी कथा : सुमित्रा महर्जन, वर्ष: ५३, कक्षा: ९, रोल नम्बर: ६



एउटा प्रेरणादायी कथा : सुमित्रा महर्जन, वर्ष: ५३, कक्षा: ९, रोल नम्बर: ६

  • विनोद ढकाल/अंगद ढकाल-
काठमाडौं: कीर्तिपुरकी सुमित्रा महर्जन ५३ वर्षकी भइन्। उनी गोरखनाथ माध्यमिक विद्यालयमा ९ कक्षामा पढ्छिन्।

कक्षामा उनका छोराछोरी भन्दा पनि साना साथीहरु छन्। उनी ती साथीहरुसँगै बस्छिन्, पढाइका कुरा गर्छिन्, नजानेको कुरा सिकाइमाग्छिन्, आफुले जानेको बताउँछिन्। अरुका जस्तो सेतो सर्ट र कालो फ्रक उनको ड्रेस छैन। उनी रातो कुर्ता सुरुवालमा नै जान्छिन् प्रायजसो। कक्षामा उनको ड्रेस र उमेर मात्र फरक हो। नभए अरु सबै कुराहरु समान छन्।

सानोमा स्कुल जान नपाएकी उनी ४५ वर्ष हुँदा बल्ल स्कुल भर्ना भइन्। सात कक्षासम्म आफुजस्तै महिलाहरु पढ्ने गृहिणी विद्यालयमा पढिन्। तर कीपु सहकारीले सञ्चालन गरेको त्यस विद्यालयमा ७ कक्षाभन्दा माथि पढाइ हुँदैनथ्यो। अरु साथीहरुले त्यहीँबाट पढाइ टुंग्याएपनि सुमित्रा रोकिइनन्, नजिकैको अर्को विद्यालयमा गइन्।

सुरुमा शिक्षकहरुले साना बालबालिकासँग राखेर पढाउन मानेनन्। तर सुमित्राको दृढ इच्छाको अगाडि उनीहरुको केही लागेन। सुमित्रा ८ कक्षामा भर्ना भएर पढ्न थालिन्। छैठौं स्थानमा पास भएर ९ मा पुगिन्। उनको एसएलसी पास गरेर क्याम्पस पढ्ने इच्छा छ।

उनको छोराले चीनबाट एमबिबिएस सकेका छन् र पिएचडीको तयारी गरिरहेका छन्। छोरी पनि एमबिबिएसकी विद्यार्थी हुन्, काठमाडौंको एक निजी अस्पतालमा काम गर्छिन्। श्रीमान पनि स्वास्थ्यकर्मी हुन्, उनको मेडिकल छ। घर परिवारमा उनलाई सबैले हौसला दिन्छन् स्कुल जानका लागि। घरको काम पनि सघाइदिन्छन्, छोरीले नजानेको सिकाइदिन्छिन्।

अहिले उनी गाउँको महिला स्वास्थ्य स्वयं सेविका हो। उनले स्कुल जान थालेपछि नै यो अवसर पाएकी हुन्। गाउँका बालबालिकालाई उनी खोप लगाउन र बालभिटा खुवाउन जान्छिन्। सुरक्षित मातृत्व र परिवार नियोजनको बारेमा सिकाउँछिन्। स्कुल जान थालेपछि आफ्नो प्रगति भएको ठान्छिन् सुमित्रा। त्यसैले त आफुजस्तै रहर भएकाहरुलाई उनी स्कुल जान सुझाव दिन्छिन्। 'पढ्नका लागि लाज मान्नु हुँदैन, घरमा खाली समय विताउनुभन्दा पढेको धेरै राम्रो, यसले एक्लोपना हटाउँछ' उनले भनिन्।

हेर्नुस् ९ कक्षाकी छात्रा सुमित्राको दैनिकी झल्काउने केही फोटोहरु:
स्कुल जानुअघि किताब मिलाउँदै सुमित्रा महर्जन।

झोलामा किताबसँगै चश्मा, पानीको बोतल र  टिफिनका लागि एक पुरिया बिस्कुट पनि लैजान्छिन्।

अब स्कुल जाने बेला भयो।

घरको भर्‍याङ ओर्लिदै।

स्कुल जाने बाटोमा 

स्कुल हाताभित्र 

सर र मिसहरुलाई नमस्कार गर्दै 

प्रार्थनामा साथीहरुसँगै राष्ट्रिय गान गाउँदै 

कक्षााकोठामा लेखपढ गर्दै 

कक्षामा नजानेको कुरा सहपाठी*बाट सिक्दै



कक्षाकोठामा शिक्षिकाले पढाउँदै



घर फर्केपछि होमवर्क गर्दै 



पहिले गृहिणी विद्यालयमा आफुजस्तै उमेरका महिलाहरुसँग बिताएका क्षणहरु फोटोमा देखाउँदै  

आफुजस्तै पढ्ने रहर भएका महिलाहरुका लागि सुमित्राले लेखेको सन्देश



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell