PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

​निश्चल र स्वस्तिमा बिहेको तयारीमा : परिवारमा चल्यो कुरा



​निश्चल र स्वस्तिमा बिहेको तयारीमा : परिवारमा चल्यो कुरा

काठमाडौं : निर्देशक निश्चल बस्नेत र ‘होस्टेल रिटन्र्स’ अभिनेत्री स्वस्तिमा खड्काबीच विहे गर्न परिवारबीच कुरा चलेको छ। स्रोतका अनुसार उनीहरु चाँडै विहे बन्धनमा बाँधिने तयारीमा छन्। 

यसबारे उनीहरुले निकटवर्तीसँग कुरा गर्दै विहेको कुरा भएको र परिवार सकारात्मक भएको जनाएका छन्। लभपछिको एरेञ्ज म्यारिज चाँडै हुने जनाइएपनि मिति भने यकिन छैन। सम्भवतः यसैवर्षभित्र उनीहरुबीच विहे हुनेछ। 

३४ वर्षे निश्चल र २० वर्षकी स्वस्तिमाबीच उमेरको अन्तर पनि छ। ‘परिवारबीच छलफल भएको छ र उनीहरु चाँडै विहेमा बाँधिने तयारीमा छन्’ निश्चल र स्वस्तिमा निकट स्रोतले भन्यो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell