PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

यस्तो छ दुवईको सर्वाधिक महङ्गो अपार्टमेन्ट



यस्तो छ दुवईको सर्वाधिक महङ्गो अपार्टमेन्ट

काठमाडौं :  विश्वभरका 'इन्भेस्टर'को केन्द्रमा रहेको सहर हो दुवई। २००६/०७ को विश्व आर्थिक मन्दीबाट पार पाएसँगै दुवईले नयाँ गति लिइसकेको छ। विश्वकै सर्वाधिक अग्लो भवन ब्रुज खलिफा निर्माण गरिसकेको दुवईले रियलस्टेटमा अर्को छलाङ मार्ने तरखरमा छ। रियलस्टेट क्षेत्रमा नयाँ तहल्का दिने गरि आगामी दुई वर्षभित्र दुवईको सबैभन्दा महङ्गो अपार्टमेन्ट तयार हुन लागेको हो।


सन् २०१७ मा निर्माण पूरा हुने यो अपार्टमेन्ट तीन करोड २० लाख पाउण्ड (पाँच अर्ब १५ करोड रुपैयाँ)मा बिक्रीमा राखिएको छ। दुवईको समुन्द्री किनारा पाम जुमैरामा बन्न लागेको यो अपार्टमेन्टको २५ औं तलामा छ। अपार्टमेन्टमा पुल, स्पा लगायतको सुविधा छ। अपार्टमेन्टमा किचेन छुट्टै र हरेक वालमा झ्याल हुनेछन्।


अपार्टमेन्ट रहेको सिङ्गो भवन न्युयोर्कको सोमा आर्किटेक्ट्‍सले डिजाइन गरेको हो। अपार्टमेन्टबाट समन्द्र र सहर दुवै 'पानोरमिक' दृश्य देखिन्छ। त्यस बाहेक जिम, हेयर सैलुन र सिनेमा लगायतका सुविधा पनि उपलब्ध छन्। यसअघि दुवई सर्वाधिक महङ्गो अपार्टमेन्टको ब्रुज खलिफामै रहेको थियो। जुन एक करोड छ लाख पाउन्डमा बिक्री भएको थियो। हेर्नुस् फोटा - 













 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell