PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

यसकारण हट्ने छैन गिनिज बुकमा चन्द्रबहादुर डाँगीको नाम



यसकारण हट्ने छैन गिनिज बुकमा चन्द्रबहादुर डाँगीको नाम
फोटो : गिनिज बुक

काठमाडौँ : विश्वका सबैभन्दा होचा व्यक्ति चन्द्रबहादुर डाँगीको ७६ वर्षको उमेरमा अमेरिकन समोअाको लिन्डन बी जोन्सन ट्रपिकल मेडिकल सेन्टरमा मृत्यु भएको खबर शुक्रबार आएको छ।


मृत्युपछि पनि उनको नाम गिनिज बुकबाट हट्ने भने छैन। किन त ? कारण यस्तो छ-

सन् २०१२ मा गिनिज बुकले चन्द्रबहादुर डाँगीको नाममा दुई वटा रेकर्डको प्रमाणपत्र दिएको थियो- एउटा विश्वका जीवित होचा व्यक्ति र अर्को विश्वका अहिलेसम्मकै होचा व्यक्ति। उचाइ ५४.६ सेमी। 

डाँगीको मृत्युसँगै विश्वका जीवित होचा व्यक्तिको रेकर्ड पुनः फिलिपिन्सका जुन्रे बालाविङको नाममा हुनेछ जो उनीभन्दा  ५.३ सेमी अग्ला छन्। फिलिपिन्सका जुन्रेले यो उपाधि पाउनु अघि नेपालकै खगेन्द्र थापा मगरले यो उपाधि पाएका थिए जसको उचाइ मात्र ६७ सेमी थियो।
 
तर उनको  ५४.६ सेमीको उचाइलाई जित्ने अर्को कोही नभेटिएसम्म उनको नाम गिनिज बुकमा विश्वकै होचा व्यक्तिको रुपमा रहिरहनेछ। उनी भेटिनुअघि यो रेकर्ड 
भारतका गुल मोहम्मदको नाममा थियो जसको उचाइ ५७ सेमी थियो। 

पत्ता लागेपछि तीन वर्षमात्रै बाँचे 

सल्यानको कालिमाटीमा विक्रम संवत् १९९६ मंसिर १५ गते जन्मिएका चन्द्रबहादुर डाँगी विश्वकै होचा व्यक्ति भएको पुष्टि सन् २०१२ मा मात्रै गरियो। त्यतिबेला उनी दाङको पुरन्धरा गाविसमा बसाइँ सरिसकेका थिए। गिनिज बुकको एउटा टिम सन् २०१२ को फेब्रुअरीमा उनी विश्वकै होचा व्यक्ति भएको दावी नेपाली मिडियामा छापिएपछि प्रमाणित गर्न नेपाल आएको थियो। प्रमाणित भएको २४ घण्टामा उनलाई गिनिज बुकले प्रमाणपत्र दिएको थियो। यसको तीन वर्षमा उनको निधन भयो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell