PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

दरबारमार्गमा सुरु भयो सेल मेला, ब्राण्डेड सामान ५० प्रतिशतसम्म छुट



दरबारमार्गमा सुरु भयो सेल मेला, ब्राण्डेड सामान ५० प्रतिशतसम्म छुट

  • पहिलोपोस्ट-
काठमाडौं: चाडपर्व नजिकिँदै जाँदा व्यापारीहरुले सामान बिक्री गर्ने नयाँ योजना ल्याउन थालेका छन्। हिन्दु नेपाली महिलाको ठूलो पर्व तिज तथा दशैं, तिहार जस्ता ठूला चाडमा नेपालीहरुको खर्च गर्ने प्रचलनका कारण व्यापारीहरुले यो बेलामा सामानहरु बिक्री गर्ने योजनाहरु ल्याउँछन्।

नेपालमा धेरै उपभोक्ताले नयाँ लुगा तथा सामानहरु किन्न चाडपर्वकै समय पर्खिन्छन्। त्यसैले व्यापारीहरुले चाडपर्वकै बेला पारेर छुटका योजनाहरु ल्याएका हुन्छन्। तीज आउन करिब १० दिन बाँकी छ भने दशैं आउन अझै एक महिना बाँकी छ। तर काठमाडौंको दरबारमार्गका व्यापारीहरुले लत्ता कपडा तथा जुत्ताहरुमा छुट योजना ल्याएका छन्। धेरै अन्तर्राष्ट्रिय ब्राण्डका सोरुम र पसलहरुले सेल मेला सुरु गरेका छन्।

दरबारमार्गको स्पोर्टस् प्लाजा प्रालिमा रिबक ब्राण्डको जुत्ता, टिसर्ट, ज्याकेट, पाइन्ट लगायतका सामानमा ५० प्रतिशतसम्म छुट रहेको महाप्रबन्धक दिलिप रेग्मीले बताए। 'हामीले हरेक वर्ष दुई पटक सेल अफर ल्याउँछौं, अहिले समर सेल हो, विन्टरमा पनि गर्छौं' उनले भने ' नयाँ ग्राहकलाई ब्राण्डेड सामानमा आकर्षित गर्न सेल गरिएको हो।'

दरबारमार्गमै जोन प्लेयर, एडिडास, बेन्टली लगायतका बिभिन्न ब्राण्डका सोरुमहरुमा सेल मेला सुरु भइसकेको छ। मानिसहरु दिउँसोदेखि साँझसम्म नै सामानहरु किनमेल गरिरहेका हुन्छन्। सेलमा पहिले भन्दा ग्राहक संख्या निकै बढेको व्यापारीहरु बताउँछन्।

व्यापारीहरुले चाडपर्वको बेला पारेर स्टक रहेका सामानहरु केही छुट दिएर बिक्री गर्ने गरेका छन्। चाडपर्वलाई लक्षित गरेर सेल मेला गरिएको मनोज सरावगीले बताए। 'हामी हरेक वर्ष सेल मेला गर्छौं, स्टक नसकिएसम्म हामी मेला सञ्चालन गरिराख्छौं, उनले भने 'सेल मेलामा पुराना ग्राहकसँगै नयाँ ग्राहक पनि थपिन्छन्।'
 
 हेर्नुस्  अंगद ढकालले खिचेका सेल मेलाका केही फोटोहरु:




































 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell