PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​नेपाली हिरोलाई एसियाली युथ आइकन अवार्ड



​नेपाली हिरोलाई एसियाली युथ आइकन अवार्ड

काठमाडौं : अभिनेता रेश मरहठ्ठाले एसिया युथ आइकन अवार्ड प्राप्त गरेका छन्।  सिंगापुरमा मंगलबार आयोजित समारोहमा इन्डोनेसियाका राजाले उनलाई अवार्ड प्रदान गरे।
 
एसियाली मुलुक सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया, जापान, हङकङ, नेपाल, भारत लगायतका मुलुकमा सक्रिय सेलेव्रिटीबाट अवार्ड विजेता तय गरिन्छ। रेशलाई इन्डोनेसियाका राजाले गल्फ खेल्न प्रस्तावसहित आफ्नो मुलुक भ्रमणको निम्तो दिएका छन्।
 
‘राम्रो प्रतिक्रिया पाएँ,’ रेशले भने ।
 
अर्किट कन्ट्री क्लबमा रेशलाई एसियन अमेरिकन भनेर सम्बोधन गरिएको थियो । नेपाली फिल्म ‘पिंजडा’बाट अभिनयमा डेब्यु गरेका रेशले अमेरिकाको वेभर स्टेट युनिभर्सिटीबाट ग्राजुएसन गरेका छन् ।
 
‘माइ बेस्ट फ्रेन्ड र मिसन पैसा रिलोडेड’ उनका पछिल्ला रिलिज फिल्म हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell