PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

कोइराला, ओली र दाहालको एउटै बोली, भट्टराई नै असन्तुष्ट



कोइराला, ओली र दाहालको एउटै बोली, भट्टराई नै असन्तुष्ट

काठमाडौँ : प्रमुख तीन दलका शीर्ष नेताले संयुक्त वक्तव्य जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताको आह्वान गरेका छन्। 

शान्तिपूर्ण छलफलद्वारा प्रस्तावित संविधानलाई थप परिमार्जन गर्न सक्ने अवसर रहेको भन्दै विज्ञप्तिमा त्यसलाई उपयोग गर्न आन्दोलनरत दल र नेतृत्वपंक्तिलाई अनुरोध गरिएको छ। 

पहिले पनि वार्ताको आह्वान गरेको र अहिले फेरि पनि गर्छौँ भनिएको विज्ञप्तिमा आन्दोलनकारी दलहरुको माग बमोजिम संविधान निर्माण प्रक्रिया स्थगित गर्ने वा ढिला गर्ने विषयमा सम्बोधन गरिएको छैन।

हेर्नुस् विज्ञप्ति- 

 

भट्टराई असन्तुष्ट

तीन शीर्ष नेताको वक्तव्यप्रति एमाओवादी नेता बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन्। बुधबार राति फेसबुक उनले लेखे- '३ शीर्षको "संयुक्त वक्तव्य" मा ' निजी सम्पत्तिको तोडफोड ' को चर्चा गर्नु तर दिनहुँ प्रहरीको गोलीबाट मान्छेको ज्यान गैरहेको बारे चाहिँ कतै उल्लेखसम्म नहुनुलाई कसरी बुझ्ने होला? कि प्रुफ मिस्टेक मात्रै हो?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell