PahiloPost

Jul 14, 2026 | ३० असार २०८३

ओलीलाई भेट्न भारतीय राजदूत बालकोट पुगे



ओलीलाई भेट्न भारतीय राजदूत बालकोट पुगे

भक्तपुर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत रञ्जित रेबीच आज विहान बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ। 

भेटपछि एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भारतीय राजदूत रेसँगको भेटमा सहमतिमा संविधान जारी गर्ने विषयमा कुराकानी भएको बताए।

राजदूत रेले सहमतिमा संविधान जारी गरेर जानुपर्ने धारणा राखेका उनले बताए। तराई मधेशमा आन्दोलन चलिरहेको र प्रमुख तीन दलले संविधान निर्माण प्रक्रिया अघि बढाइरहेको सन्दर्भमा भएको भेटलाई अर्थपूर्ण मानिएको छ।

संविधान जारी गर्न ढिलाइ गर्न नहुने र तराईको आन्दोलनलाई मत्थर बनाएर जानुपर्ने विषयमा कुराकानी भएको बताइएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell