
काठमाडौं: नेपाली साहित्य क्षेत्रको चर्चित पुरस्कार 'मदन पुरस्कार' यसवर्ष पत्रकार विजयकुमारको कृति 'खुशी'ले पाएको छ।
मदन पुरस्कार गुठीको बैठकले आज मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारको निर्णय गरेको हो। जगदम्बा श्री पुरस्कार भने समाजसेवी अंगुरबाबा जोशीलाई प्रदान गर्ने निर्णय गरेको गुठीले जनाएको छ।
दुबै पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ। गत वर्ष प्रकाशित खुशी पत्रकार विजयकुमारको संमरणात्मक पुस्तक हो। गत वर्ष मदन पुरस्कार राधा पौडेलको कृति खलंगामा हमलाले पाएको थियो।