PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कालोपोथी भेनिसमा सर्वोत्कृष्ट, जारी भयो अफिसियल ट्रेलर



कालोपोथी भेनिसमा सर्वोत्कृष्ट, जारी भयो अफिसियल ट्रेलर

  • पहिलोपोस्ट-
नेपाली फिल्म ‘कालोपोथी’ इटालीको प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलको क्रिटिक्स सप्ताहमा सर्वोत्कृष्ट बनेको छ। निर्देशक मीनबहादुर भामले फेसबुकमार्फत सर्टिफिकेट सार्वजनिक गरे।
 
‘यो खबर सुनाउन पाउँदा निकै खुशि लागेको छ’ भामले स्टाटस लेखेका छन्, ‘यो अवार्ड मैले मेरो सुन्दर देश र देशवासीलाई समर्पित गर्न चाहन्छु। मेरो देशमा राजनीतिक स्थिरता समाप्त भई शान्ति कायम होस्।’
 
विजयी भएसँगै फिल्मलाई बधाइको ओइरो लागेको छ। घरेलु फिल्म निर्माता, निर्देशक र पत्रकारले उनलाई बधाइ दिएका छन्। विश्वकै पुरानो मध्येको एक भेनिस फेस्टिभल अहिले चलिरहेको छ।
 
फिल्मले शनिबार अफिसियल ट्रेलर पनि सार्वजनिक गरेको छ। ट्रेलरमा द्धन्द्धको दशकका दुई बालकले गरेको संघर्षलाई चित्रण गरिएको छ। हेर्नूस ट्रेलर : 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell