PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​हाँस्य कलाकारले थाले ‘सडक आक्रमण’



​हाँस्य कलाकारले थाले ‘सडक आक्रमण’

काठमाडौंः असोज १ गते रिलिज हुन लागेको फिल्म ‘वडा नम्बर ६’ ले ‘सडक आक्रमण’ नाम दिएर पब्लिसिटी क्याम्पेनलाई तिब्रता दिएको छ। 

चक्रपथ, चावहिल र कोटेश्वरमा कमेडी जगतका ठूला नामहरुले हँसाए र फिल्मको प्रचार गरे। उसले यस्तो कमेडीको सुरुआत गतसाता माछापोखरी चोकदेखि थालेको थियो। 

दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, सीपी भट्टराईले दर्शकलाई खुबै हँसाए। ‘दर्शकको यो अपार साथले हामीलाई निकै खुशी तुल्याएको छ’ दीपकले भने, ‘हामीलाई फिल्मको सम्भावित परिणामले आशावादी पनि बनाएको छ।’

कमेडी कलाकार भएपनि फिल्मको जानरा चाहिँ कमेडी होइन। सोसल ड्रामा जानरामा बनेको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, सीताराम कट्टेल, सन्दीप क्षेत्री, राजाराम पौडेल, अनुरागमान सिंह कुँवरको पनि मुख्य अभिनय छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell