PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

बैठक स्थगित भएको मौकामा सभासदले मनाए तीज : हेर्नुस् फोटोहरु



बैठक स्थगित भएको मौकामा सभासदले मनाए तीज : हेर्नुस् फोटोहरु

काठमाडौं : तीजको दिन पनि संविधानसभाको बैठकमा ब्यस्त सभासदले बैठक स्थगित भएको समय पारेर नाचगान गरेका छन्।

साढे १ बजे संविधानसभा बैठक स्थगित भएपछि संविधानसभा भवनकै ल्होत्से हलमा जम्मा भएका सभासदहरुले तीजका गीतमा छमछमी नाचेर रमाइलो गरेका छन्। यसरी नाच्नेमा महिला सभासद मात्र छैनन्, पुरुष सभासदहरु पनि नाचेका छन्।

हिजो आफै गीत भनेका उनीहरुले साउण्ड सिष्टममा तीजको गीत बजाएर त्यसमै नाचेर रमाइलो गरेका छन्। हिन्दु नेपाली नारीहरुको ठूलो पर्व तीजको दिन पनि फुर्सद नभएपछि सभासदहरुले संविधानसभा भवनमै नाचगानको चाँजोपाँजो मिलाएका हुन्। 

सभासद नाचिरहेका बेला हलमा प्रवेश गरेका पत्रकारहरुले केही फोटो खिच्न भ्याए।   


संविधानको परिमार्जित विधेयक पारित गर्ने क्रम चलिरहेकाले चार दिनदेखि संविधानसभा बैठक निरन्तर चलिरहेको छ।

















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell