PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

यही संविधानलाई पुष्ट गर्दै जाउँ, जनतालाई सबल बनाउँदै जाउँ



यही संविधानलाई पुष्ट गर्दै जाउँ, जनतालाई सबल बनाउँदै जाउँ

  • सुवासचन्द्र नेम्वाङ-
आज जनताको चाहना र भावनालाई मूर्तता प्रदान गरेको दिन हो। आजको सफलता ऐतिहासिक छ। संविधानसभामा रहेका, संविधानसभामा नरहेका तराईदेखि हिमालसम्म रहेका सबै भाषा जाति धर्मका जनताको यो सफलता हो। सबैको यसमा योगदान छ। देशका सबै जनता यसमा सहभागी भएका छन्। आज जुन संविधान पारित भएको छ तराई मधेशदेखि हिमाल पहाडका जनताले बनाएको यो संविधान हो।

संविधानसभामा रहेका यसलाई बहिस्कार गरेका सभाभन्दा बाहिर रहेका दलहरुको संघर्षको परिणाम हो। म आजको दिनमा आग्रह गर्न चाहन्छु। तपाइँहरुले बनाएको यो संविधानलाई टेकेर केही कुराहरु बाँकी छन् असन्तुष्टिहरु रहेका छन् भने यही संविधानको आधारमा उभिएर यही संविधानको जगमा टेकेर समेट्दै जाउँ, यही संविधानलाई पुष्ट गर्दै जाउँ, जनतालाई सबल बनाउँदै जाउँ।

आजको दिनमा यही आग्रह म सबैलाई गर्न चाहन्छु र सबैलाई जनतालाई राजनीतिक दलहरुलाई प्रेसलाई, तपाइँहरु सबैलाई म आज बधाई पनि दिन्छु। धन्यवाद पनि दिन्छु शुभकामना पनि दिन्छु।

नेपालको संवैधानिक इतिहासमा यो संविधान तुलनात्मक रुपमा सबैभन्दा बढी जनतामैत्री बनेको छ। सबैभन्दा बढी प्रगतिशील संविधान बनेको छ। अर्को हिसाबले म राख्छु। वास्तवमा जनताको व्यापक सहभागिताबाट संविधान बनेको छ। संविधानसभाबाट संविधान बनेको छ। त्यसैले यो संविधान संवैधानिक इतिहासमा अतुलनीय छ। अब यसको आधारमा उभिएर अगाडि बढौँ मेरो आग्रह छ।

संविधानसभाको बैठक पछि सञ्चारकर्मीलाइ दिएको प्रतिक्रिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell