PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

के तपाईँले नेम्वाङलाई डिजेको रुपमा देख्नुभएको छ?



के तपाईँले नेम्वाङलाई डिजेको रुपमा देख्नुभएको छ?

काठमाडौं : लगातार चार दिन संविधानसभाका धाराहरु पारित गराउन खटिएका सभाध्यक्ष सुवास नेम्वाङले थकाइ मारेनन्। लगातार उनले प्रस्तावका पक्ष र विपक्षमा संविधानसभाका सदस्यलाई मत दिन आग्रह गरिरहे। संविधान निर्माणको यस क्रममा उनको 'स्पिड' तारिफयोग्य रह्यो। अनि सामाजिक सञ्जालमा उनको स्पिडलाई डिस्क जकी (डिजे)कै रुपमा लिइयो।

कन्फेसन अफ नेप्लिज टिनएजर्समा अपलोड भएको एउटा डिजाइन फेसबुकमा खुबै लोकप्रिय भइरहेको छ। लाइक र सेयर धेरै भएको यो तस्बिरले युवापुस्ताबीच सभाध्यक्ष सुवास नेम्वाङ चर्चामा छन् भन्ने देखाउँछ।

नेम्वाङको डिजै रुपको डिजाइनर एलेक्स श्रेष्ठ रहेको कन्फेसन अफ नेप्लिज टिनएजर्समा उल्लेख गरिएको छ। सँगै प्रमुख नेताहरुले हात हल्लाइरहेको फोटो राखेर नयाँ संविधानपछि मुलुकको मुड देखाइएको छ।

फोटाहरु जोडेर बनाइएको नेम्वाङ डिजे रुप र दलका नेताहरु फेसबुकमै हेर्नुस् :

 

Put your hands up in the air ! :D Design by :- Ellex Shrestha :) #MRR

Posted by Confession Of Nepalese Teenagers on Thursday, September 17, 2015



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell