- अंगद ढकाल/पहिलोपोस्ट-
चियापानमा दुईवटा मञ्च थिए। एउटा सांस्कृतिक मञ्च, जहाँ कलाकारहरुले कला देखाए। अनि अर्को मञ्चमा एमालेका नेताहरुले अतिथि स्वागत गरे र चियापान गराए। केही दिनअघि नै मेनु सार्वजनिक भएको चियापान कार्यक्रममा चिया पिउँदै संविधानको खुसी साट्नेको भिड थियो। एमालेका नेताहरुले बेलुन उडाए र संविधानको स्वागत गरे।
चियापानको अर्को हाइलाइट थियो - धरहरा। सानो आकारमा प्रतिकात्मक धरहरा समेत कार्यक्रममा राखिएको थियो। हेर्नुस् एमालेको चियापान कार्यक्रम फोटोमा-

अरु बेला फुटबल लगायत खेलकुदका कार्यक्रम हुने दशरथ रंगशाला जहाँ आज एमालेले चियापानका लागि अतिथि निम्त्याएको थियो।



आकाशमा बेलुन।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले नेता माधव नेपाल।

एमाले उपाध्यक्ष भीम रावलसँग साउती गर्दै एमाले महासचिव ईश्वर पोखरेल।

एमाले अध्यक्षसँग हात मिलाउँदै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे। साथमा एमाले उपाध्यक्ष विद्या भण्डारी।
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे र नेपाली कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा।
एमाओवादी अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै एमाले अध्यक्ष ओली।
सभामुख सुवास नेम्वाङ र एमाओवादी अध्यक्ष प्रचण्ड।
कलाकारको कला।