PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

हज गर्न पुगेका १५० जनाको चेपिएर मृत्यु, ४ सय घाइते



हज गर्न पुगेका १५० जनाको चेपिएर मृत्यु, ४ सय घाइते
फोटो : एपी

मुस्लिमहरुको पवित्र तीर्थस्थल मक्का बाहिर भिडमा चेपिएर १ सय ५० भन्दा बढीको ज्यान गएको छ। अल इकबारिया टेलिभिजनलाई उदृत गर्दै अल जजिराले जनाएअनुसार घटनामा परी ४ सय भन्दा बढी घाइते भएका छन्। मक्कामा अहिले करिब २० लाख मुस्लिमहरु वार्षिक रुपमा लाग्ने हजका लागि यहाँ पुगेका छन्। 

तन्दुरुस्त अवस्थामा रहेको मुस्लिमका लागि जीवनमा हज एकपटक जानै पार्ने तीर्थस्थल मानिन्छ। इस्लामको पाँच स्तम्भमध्ये हजलाई एक मानिन्छ। आफ्नो आत्मा शुद्धिकरण तथा भातृत्व र वन्धुत्वलाई कायम राख्नका लागि पनि यहाँ जानैपर्ने मान्यता छ।

केही समयमात्र अघि  खडा गरिएको मञ्च ढल्दा हजका लागि पुगेका सय भन्दा बढीको ज्यान गएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell