PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यु १९ विश्वकपमा छनौट भएका नेपाली खेलाडीलाई भारतले स्पेसल ब्याटिङ कोच उपलब्ध गराउने



यु १९ विश्वकपमा छनौट भएका नेपाली खेलाडीलाई भारतले स्पेसल ब्याटिङ कोच उपलब्ध गराउने

काठमाडौँ : अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यु-१९ विश्वकप छनौटका लागि राजु रिजालको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट सँंघ (क्यान)ले बिहीबार ४ जना वैकल्पिक खेलाडीसहितको टीम छनौट गरेको हो। मलेसियामा असोज २६ गतेदेखि आयोजना हुने प्रतियोगिताका लागि १४ सदस्यीय टीमको छनौट गरेको क्यानले जनाएको छ।
 
क्यानले आज घोषणा गरेको टोलीमा राजु रिजाल (कप्तान), आरिफ शेख (उपकप्तान), दिपेन्द्र ऐरी, सौरभ खनाल, शंकर राना तथा सन्दिप सुनार रहेका छन्। त्यस्तै अन्य खेलाडीमा सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ, राजवीर सिंह, कुशल भुर्तेल    र ललितनारायण राजवंशी छन्।

त्यस्तै वैकल्पिक खेलाडीहरुमा कमल ऐरी, हिमांशु दत्त, आशिष धामी र सन्दिप लामीछाने रहेका छन्।

नेपाली खेलाडी तयारीको लागि भारत जाने

यु-१९ विश्वकप छनौट खेलको तयारीका लागि नेपाली यु-१९ टीम शनिबार भारततर्फ प्रस्थान गर्ने भएको छ। 'नेपाली टीम भारतीय क्रिकेट बोर्ड (बिसिसीआई)को सहयोगमा १५ दिनका लागि भारत जान लागेको हो,' क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले पहिलोपोस्टसँग भनिन्, 'बिसिसीआईकै सहयोगमा हाम्रा खेलाडीले त्यहाँ 'हाइ पर्फर्मेन्स ट्रेनिङ' गर्नेछन्।'

१५ दिन भारतमा रहँदा नेपाली यु-१९ टीमले भारतका स्थानीय क्लबहरुसँग क्रिकेट खेल्नेछन्। टीमको तालिम र अभ्यासको लागि बिसिसीआइको एकेडेमी प्रयोग गरिने पनि घिमिरेले बताइन्।

यसमा बिसिसीआईले यु-१९ टीमको लागि स्पेशल ब्याटिङ कोच पनि उपलब्ध गराउने बताएको घिमिरेले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell