PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​मधेशको समस्यामा भारत जोडिनु दुखद: भट्टराई



​मधेशको समस्यामा भारत जोडिनु दुखद: भट्टराई

काठमाडौं : एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तराई मधेशको समस्यामा भारत जोडिनु दुखद भन्दै यस्तो परिस्थिति नेपालीहरुकै कारण सिर्जना भएको बताएका छन्।

आज वक्तव्य जारी गर्दै भट्टराईले देशभित्र देखिएको समस्या बेलैमा समाधान गर्न नसक्दा भारत जोडिएकाले यसमा सरकारकै दोष रहेको बताएका हुन्।

'आफ्नो घरको समस्या समाधान गर्न नसकेर छिमेकी तान्ने वा तानिने परिस्थिति निर्माण गर्नु बुद्धिमानी र शोभनीय हुँदैन' भट्टराईले भनेका छन् 'छिमेकीले पनि अर्काको घर झगडामा अनावश्यक ढंगले हात हाल्नु उपयुक्त हुंदैन। घरभित्रको झगडा र असन्तोष निवारण गर्ने मुख्य जिम्मेवारी घरमुली र अभिभावकहरुको नै हुन्छ।'

जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन लगायतको जनताको संघर्षको क्रममा उठेका मुद्दाहरुलाई नयाँ संविधानले संबोधन गर्न नसक्दा तराइमा आन्दोलन भएको भट्टराईले बताएका छन्।

संविधानमा आवश्यकता अनुसार परिमार्जन र संशोधन हुनसक्ने भन्दै भट्टराईले राजनीतिक समस्याको समाधान बल प्रयोग र दमनद्वारा नहुने भएकाले सरकारले तत्काल बार्ता र संवाद थाल्नुपर्ने बताएका छन्।

'तराई–मधेश र देशका अन्य भागमा भइरहेका आन्दोलनहरुमा थप जनधनको क्षति हुन नदिई सार्थक वार्ताको वातावरण बनाउन सरकारले तुरुन्त तनाव शिथिलीकरणको पहल गरोस् र दुबै पक्षबाट शीघ्र वार्ता र संवादको थालनी होस् भन्ने म गम्भीर आग्रह गर्दछु' भट्टराईले भनेका छन्।

बाबुरामले विज्ञप्तीमा के लेखेका छन् हेर्नुस्:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell