PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यस्तो मोबाइल जुन तपाईँ किन्न सक्नुहुन्न



यस्तो मोबाइल जुन तपाईँ किन्न सक्नुहुन्न

'आइफोन ६ एस चलाउन म गरिब होइन, त्यो गरीबका लागि बनेको फोन हो'
कसैले माथिको संवाद भन्यो भने भने तपाईँको प्रतिकृया के रहन्छ? आइफोनको लेटेस्ट भर्सनलाई गरीबको फोन भन्दा पक्कै अपत्यारिलो लाग्न सक्छ। तर हामी तपाईँलाई न्यु सिग्नेचर टचबारे जानकारी दिँदैछौं जसका प्रयोगकर्ताले माथिको संवाद पक्कै बोल्नेछन्। बेलायती ब्रान्ड बेर्तुले ल्याएको ५.२ इन्चको लग्जरी डिभाइसको प्राइस ट्याग अहिले बजारमा महँगा कहलिएका सबै ग्याजेटभन्दा धेरै माथि छ।

न्यु सिग्नेचर टचको मूल्य १० हजार अमेरिकी डलर (१० लाख रुपैयाँभन्दा बढी)बाट सुरु हुन्छ। तपाईँ तयार हुनुहुन्छ त यस्तो मोबाइल सेट किन्न?

यो ग्याजेटको मूल्य त्यत्तिकै ट्याग गरिएको होइन। न कसैले यत्तिकै सौखका लागि यति धेरै रुपैयाँ खर्चन्छ नै। टाइटेनियमजस्ता लग्जरी सामग्रीबाट यसको बडी तयार भएको छ। तपाईँको रुची अनुसार छेपारो वा गोहीको छाला यसमा मोरिएको हुनेछ। यसको स्क्रिनमा बलियो १३० क्यारेटको निलमणि समेटिएको छ।  

यो फोन डिजाइनका करणमात्र महँगो होइन। यसमा प्रविधिलाई गहनरुपमा जडान गरिएको छ। यसमा अक्टा कोर प्रोसेसर राखिउको छ। फूल एचडी डिस्प्ले रहेको मोबाइलमा २१ मेगापिक्सेल र फोर के क्षमताको क्यामरा जडिएको छ। आउँदो अक्टोबर मध्यबाट यो फोन बजारमा उपलब्ध हुनेछ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell