काठमाडौँ : सरकारले आजदेखि लागू गरेको कोटा प्रणाली अनुसार काठमाडौँ उपत्यकाका निम्न पम्पबाट निम्न परिमाणमा डिजेल वितरण हुँदैछ। हेर्नुस् सूची-
पेट्रोल कहाँ कहाँ पाइन्छ?
आयल निगमले सरकारी ९ वटा पेट्रोल पम्पलाई मात्रै डिजेल दिएको छ । निजी पम्पलाई भने पेट्रोल दिइएको छैन । काठमाडौं उपत्यकामा नेपाली सेनाको भद्रकालीमा रिपुमर्दिनी र लगनखेलमा पम्प छ ।नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्सालमा पम्प छ भने सशस्त्र मुख्यालय हलचोकमा पम्प छ । साझाको पुल्चोक, स्वयम्भु, र ठिमीमा पम्प रहेका छन् भने नेशनल ट्रेडिङको टेकुमा पम्प छ । माओवादी मजदुर संगठनले संचालनमा ल्याएको पम्प नयाँ बसपार्क भित्र रहेको छ ।
निगमले सुरक्षा निकाय र साझाका पम्पलाई प्राथमिकतामा राखेर पेट्रोलियम पदार्थ दिइरहेको छ । नयाँ नियम अनुसार मोटरसाइकल र स्कुटरले सातामा तीन लिटर मात्रै पेट्रोल पाउनेछन् । निजी कारले सातामा १० लिटर तेल पाउनेछन् ।