PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

भारतीय फिल्मको प्रदर्शन रोकियो, अधिकांश केबलमा भारतीय टेलिभिजन पनि बन्द



भारतीय फिल्मको प्रदर्शन रोकियो, अधिकांश केबलमा भारतीय टेलिभिजन पनि बन्द

  • पहिलोपोस्ट -
काठमाडौं : नेपालमा हिन्दी फिल्मको प्रदर्शन र टेलिभिजन च्यानलको प्रसारणमा अनिश्चितकालका लागि रोक लगाइएको छ। 

देशभरका सिनेमाघरले सोमबारदेखि भारतीय फिल्मको प्रदर्शन खारेज गरेका छन्। क्यूएफएक्ससहित मोफसलका हलले प्रदर्शन सूचीबाटै हिन्दी सिनेमाको सो बन्द गरेका हुन्। 

केबल टेलिभिजन संचालकहरुले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेका छन्। भारतले सातादेखि नाकाबन्दी गरेपछि बसेको नेपाल केबल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको बैठकले यस्तो निर्णय गरेको हो। 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतीय फिल्म, विज्ञापन र टेलिभिजन च्यानल बन्द गर्न लिखित दबाब दिएको थियो। चितवन, पोखरा र महेन्द्रनगरमा आइतबार नै च्यानल बन्द थिए। 

पेट्रोलियम पदार्थको अभाव देखिएपछि सिनेमा घरमा दर्शकको संख्यामा कमी देखिएको छ । हल संचालकहरुका अनुसार सोमबारदेखि फुटफलमा कमी आएको हो । 

यसअघि पटक पटक माओवादीले भारतीय फिल्म प्रदर्शनमा रोक लगाइसकेको छ। हृतिक रोशन प्रकरणको बेला पनि हिन्दी फिल्म चल्न दिइएको थिएन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell