PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​यसरी लामो समय टिकाउनुस् ग्याँस



​यसरी लामो समय टिकाउनुस् ग्याँस

  • रमिला सप्तरन्जनी-
यतिबेला मुलुकमा खाना पकाउने ग्याँसको अभाव रहेको छ। म यहाँ खाना पकाउने ग्यास यसरी कम भन्दा कम खपत गर्न सकिन्छ भन्ने प्रयोगात्मक रुपमा देखाउँदै छु।

यो तरिका मैले विगत १० वर्षदेखि प्रयोग गर्दै आएको छु। मेरो घरमा नै पहिला एक महिना मात्र टिक्ने ग्यास सिलिन्डर अब साढे दुई महिना पुग्न थालेको छ। मैले गर्ने तरिका भरपर्दो छ।
 
ग्याँस स्टोभमा बसालेको प्रेसर कुकरको खाना/पकवान १/२ सिट्ठी लाग्ने बित्तिकै निकाल्नुहोस्। त्यो तातो कुकर बाक्लो कपडामाथि राख्नुहोस्। खाना एक सिट्ठीमै निकाल्नु भए पनि हुन्छ।

 
त्यसपछि पकवानलाई कपडाले बेर्नुहोस् र त्यही अवस्थामा छाड्नुहोस्। प्रेसर कुकरको सिट्ठीबाट हावा बाहिर नआउँदासम्त त्यतिकै अवस्थामा राख्नुहोस्। त्यो बाक्लो कपडाले भित्रको तातो अलिकति पनि बाहिर जान दिँदैन र खाना कुकरभित्र नै तातोमा गुम्सिएर उम्लिराखेको हुनेछ। यसरी खाना डढ्दैन र मधुरो आँचमा पकाए जस्तै मीठो पनि हुन्छ।
 

बाक्लो कपडामा छोपेर राख्नु भनेको दोस्रो स्टोभ जस्तै हो तर यसमा इन्धन लाग्दैन। बाक्लो कपडा मेरो लागि हट केस पनी हो जहाँ खाना ४/५ घण्टा सम्म तातो रहन्छ। पूरानो सफा कपडा यस कार्यमा प्रयोग गर्न सकिन्छ। जस्तै बेडकभर ।

म आफैँले चाहिने बेलामा एक घण्टा पछि कुकर खोल्दा दाल पाकेको अवस्थामा देखेको छु। यसरी पाकेको खाना मीठो मात्र हुने हैन, यसमा खानामा रहेको पोष्टिक तत्व पनि सुरक्षित हुन्छ। कुकर वा भाँडा सफा गर्न सजिलो हुन्छ भने भाँडाभित्र खानेकुरा टाँसिएको समेत हुँदैन।

 
यसरी खाना बेरेर राख्दा बचेको समय म फेसबुकमा यसरी भुल्न पनि सक्छ। अझ मेरो खाना डढेको पनि हुँदैन। यसरी १ महिनामा एक सिलिण्डर ग्याँस प्रयोग गर्ने परिवारले वर्षमा ६ सिलिण्डर ग्याँस बचाउन सक्छ। ६ सिलिण्डर कम प्रयोगको अर्थ अर्को सिलिन्डर ग्यास उत्पादन गर्नु हो। यसरी हामी सय जनाले मात्र पनि ग्यासको कम खपत गर्‍यौ भने अहिलेको जस्तो आत्तिनुपर्ने अवस्था आउँदैन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell