PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

फोटोमा हेर्नुस् बाबुराम भट्टराईको मधेसी 'अवतार'



फोटोमा हेर्नुस् बाबुराम भट्टराईको मधेसी 'अवतार'

काठमाडौँ : एकीकृत नेकपा माओवादी पार्टी परित्याग गरेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई आइतबार मधेसी 'अवतार'मा देखिए। असोज १२ गते जनकपुर पुग्दा 'वेस्टकोट' र सर्टमा देखिएका भट्टराई आइतबार रुपन्देहीमा भने मधेसी अवतारमा देखिएका हुन्।

रुपन्देहीको धईकईमा संघीय मधेसी थरुहट संघर्ष समितिले आयोजना गरेको सभामा भट्टराई कमिज सुरुवाल लगाएर पुगेका हुन्। सेतो कमिज र सरुवाल लगाएका भट्टराईले गलामा गम्छा समेत भिरेका थिए। अत्यधिक गर्मीका कारण तराईमा सुतीको कमिज सुरुवालको पहिरन प्रचलनमा रहेको छ। 

भट्टराई पत्नी हिसिलाले समेत गम्छा भिरेकी थिइन्। कार्यक्रम मञ्चमा बसेका अन्य नेताहरु भने सर्ट र वेस्टकोटमा देखिएका थिए। एमाओवादीका नेता रामचन्द्र झा भने वेस्टकोट र सर्टमा देखिएका थिए। मञ्चमा रहेका भट्टराईको अनुहार गर्मीले गलेको देखिन्छ।

उनले कार्यक्रममा सम्बोधन समेत गरेका थिए। राजनीतिक दलका नेताहरुले विभिन्न जनजातिको कार्यक्रममा पुग्दा सोही अनुरुप पोशाकमा मञ्चमा बस्ने गर्दै आएका छन्।  हेर्नुस् भट्टराईको फोटो - 








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell