PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

ओली आफैले उखान टुक्काको रहस्य यसरी खोले



ओली आफैले उखान टुक्काको रहस्य यसरी खोले

काठमाडौँ : केपी ओली भन्ने बित्तिकै धेरैले रमाइलो उखान टुक्का सम्झिहाल्छन्। उनका हरेक भाषणमा उखानटुक्काको खोजी हुन्छ। यसै कारण उनलाई उखानेको संज्ञा पनि दिइन्छ। उखानेले कसरी देश चलाउला, उखान टुक्काका भरमा देश चल्दैन जस्ता वाक्यले उनलाई प्रहार गरिन्छ। 

तर उनी भन्छन् यस्ता आलोचनाबाट दुःखित हुन्न। 

लेखक तथा राजनीतिज्ञ प्रदीप नेपालको नयाँ यात्रा निबन्ध ‘कुञ्जिनीको गामवेंशी’ को लोकार्पण गर्दै अध्यक्ष ओलीले उखान टुक्काको रहस्य यसरी खोले, “उखानेले कसरी देश चलाउँछ भनेर पनि मलाई भन्ने गर्छन् तर पञ्चायतकालमा भूमिगत हुँदादेखि वा जेलमा रहँदा दुःख मनाउका बेला अरु गीत गाउँथे, म उखानको प्रयोग र आपसी रमाइलो तथा आनन्द दिलाउँथे ।” 

अक्फोर्ड इन्टरनेसनल पब्लिकेसन्सद्वारा प्रकाशित सो पुस्तकमा २१ वटा नियात्रा समावेश छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell