PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

उत्तर कोरियाली युवतीका फोटोहरु सार्वजनिक



उत्तर कोरियाली युवतीका फोटोहरु सार्वजनिक

उत्तर कोरिया बाहिरी सं‌सारबाट अलग थलग देश हो। यहाँका राष्ट्रपतिको निधन भएको समाचारसमेत विदेशी मिडियाले धेरै दिनपछि बल्ल थाहा पाएको थियो। यही एउटा देश हो जहाँका बारेमा बारम्बार अपुष्ट हल्लाहरु सुनिन्छन्। 

यस्तो देशमा स्थलगत भ्रमण गरेर त्यहाँकी युवतीहरुको सौन्दर्यलाई क्यामेरामा कैद गरेकी छिन् ३० वर्षीया मिहाएला नोरोकले। उनको शोख र योजना पनि गजबको छ- विश्वका सबै देशका महिलाको फोटो खिच्ने। यही शोखले उनलाई गएको महिना उत्तर कोरिया पुर्‍यायो। उत्तर कोरियाली महिलाका केही फोटो हफिङटन पोस्टको द वर्ल्ड पोस्टमा प्रकाशन भएको छ। 

एटलस अफ ब्युटी नामको फोटोग्राफी प्रोजेक्टका लागि उनले इथियोपियादेखि इरानसम्मको भ्रमण गरिसकेका छन्। 

उत्तर कोरियामा फोटो खिच्दा त्यहाँका सरकारी अधिकारीहरुले निश्चित ठाउँमा मात्र जान दिएका थिए। उनीसँगै गाइडहरुलाई पनि मनिटर गर्न पठाइएको थियो। त्यसो भए पनि उनी चार सहरमा गएर उद्योग, विश्वविद्यालय, पार्कहरु, सबवे स्टेसन आदिमा फोटो खिच्न सफल भइन्। 




















































 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell