PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

इपिएसमा ५५ हजारभन्दा बढी फेल, १४ करोड खर्च हुँदा ४ हजारभन्दा कमलाई रोजगारी?



इपिएसमा ५५ हजारभन्दा बढी फेल, १४ करोड खर्च हुँदा ४ हजारभन्दा कमलाई रोजगारी?
भाषा परीक्षाको फर्म भर्न ललितपुरको च्यासल खेल मैदानमा लागेको लाइन

काठमाडौँ : दक्षिण कोरियामा रोजगारीको मिठो सपना देख्दै, प्रहरीको लाठी खाँदै, अत्यासलाग्दो लामो लाइन बसेर आवेदन भरेकामध्ये ५५ हजारभन्दा बढी फेल भएका छन्। 

असोज १० र ११ गते संचालन भएको भाषा परीक्षामा  ५८ हजार ७ सय ७० जनाले २४ अमेरिकी डलरवापतको रकम (झण्डै दुई हजार चार सय रुपैयाँ)  तिरेर आवेदन भरेका थिए। आवेदन फारामबाट मात्रै  १४ लाख १० हजार ४ सय ८० डलर बराबरको रकम (लगभग १४ करोड १० लाख ४८ हजार रुपैयाँ) संकलन भएको थियो। 

​आवेदन भर्नेमध्ये ५८ हजार ७ सय ७० जनाले मात्र परीक्षा दिएका थिए। ती मध्ये तिन हजार चार सय ६३ जना पुरुष र दुई सय महिला मात्र पास भएका हुन्। 

आवेदन दिनेहरुले परीक्षा शुल्कबाहेक कोरियाली भाषा सिक्ने कक्षाका लागि पनि खर्च गरेका हुन्छन्। यसको लागि लगभग सात हजार रुपैयाँ लाग्छ। 

पास भएका मध्ये दुई हजार सात सय ६८ जना उत्पादनमूलक क्षेत्र (म्यानुफ्याक्चरिङ) र बाँकी आठ सय ९५ जना कृषि क्षेत्रका लागि छनौट भएका हुन्। पास भएकाहरु पनि सबै कोरिया जान पाउने हुँदैनन्। उनीहरुले अझै  दुई सय ५० नम्बरको स्किल टेस्ट दिएर त्यसमा पनि पास हुनु पर्नेछ। 
 
आवेदन फाराम बुझाउन लागेको लाइन। फाइल तस्बिर

स्वास्थ्य परीक्षण तथा स्किल टेस्टमा पास भएकाहरु बल्ल सन् २०१५ को जनवरी वा फेब्रुअरीमा रोजगारीका लागि दक्षिण कोरिया जान पाउँछन्। 

स्वास्थ्य परीक्षण तथा रोजगार आवेदन फाराम भर्ने सम्बन्धि विस्तृत सूचना कात्तिक २० गतेे प्रकाशित गरिने छ। स्किल टेस्ट सम्बन्धी सूचना भने कात्तिक २६ गते प्रकाशित हुन्छ।  

रोजगार आवेदन फाराम भर्नका लागि अनिवार्य रुपमा एमआरपी पेेश गर्नुपर्ने, प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षणमा सफल हुनु पर्ने इपिएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले बताए।

भाषा परीक्षामा पास भएकाहरुको नामावली-

 

EPS Passers List by Pahilopost



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell