PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

कसले जित्यो आयल निगमको तेल ल्याउने ग्लोबल टेन्डर?



कसले जित्यो आयल निगमको तेल ल्याउने ग्लोबल टेन्डर?

  • विज्ञान अधिकारी/पहिलोपोस्ट-
काठमाडौ : भारतको नाकाबन्दीपछि तेल ल्याउन ग्लोबल टेन्डर आह्वान गरेको आयल निगम(एनओसी)ले हवाई इन्धन नेपाल वायु सेवा निगम(एनएसी)सँग किन्ने निर्णय गरेको छ। 

ग्लोबल टेन्डरमा एनएसीले हवाई इन्धनको लागि एनओसीमा प्रस्ताव हालेको थियो। निगम उच्च स्रोतका अनुसार सरकारी स्वामित्वको एनएसीसँग तेल किन्न निर्णय भइसकेको छ। 

एनएसीले कोलकोतामार्फत हवाई इन्धन एयरलिफ्ट गर्दै आएको छ। स्रोतका अनुसार एनएसीले दैनिक २२ हजार लिटर हवाई इन्धन एनओसीलाई दिनुपर्नेछ। एनओसीले बढीमा ४४ हजार र घटीमा २२ हजार लिटर हवाई इन्धन दिनुपर्नेछ। एनएसीले यो तेल दिँदा कोलकोताको मूल्यमा १५ प्रतिशत अतिरिक्त लिनेछ।
 
कोलकोतामा ग्राउन्ड हेन्डलिङ लगायतका खर्चका लागि यो शुल्क जोडेको स्रोतले बतायो । यो बाहेक एनओसीले २५ हजार डलर हवार्ई भाडा लिने स्रोतले बतायो। 

भारतले नाकाबन्दी लगाएपछि नागरिक उड्ययन प्राधिकरणले नेपाल आउने जहाजलाई उतैबाट इन्धन भरेर आउन आग्रह गरिसकेको छ। नाकाबन्दीका कारण हवाई इन्धन आउन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell