PahiloPost

Nov 15, 2024 | ३० कात्तिक २०८१

वार्षिक ५० लाख भारु कमाउने १४ सय किलोको राँगो



वार्षिक ५० लाख भारु कमाउने १४ सय किलोको राँगो
वार्षिक ५० लाख भारु कमाउने युवराज

मेरठ/भारत:  भारतको मेरठमा भएको अखिल भारतीय पशु प्रदर्शनीका १० सदस्यीय निर्णायक मण्डलले १४ सय किलोको मुर्रा राँगोलाई विजेता घोषणा गरे। युवराज नाम भएको यो राँगो अहिले चर्चाको विषय बनेको छ। राँगो मालिकलाई ७ करोड भारतीय रुपैयाँमा राँगो बेच्ने ‘अफर’ पनि आएको थियो तर मालिकले राँगो बेचेनन्। यो राँगोले वार्षिक ५० लाख भारतीय रुपैयाँ आम्दानी गर्छ।

प्रदर्शनीमा युवराजलाई मानिसहरुले घेरेका थिए। प्रतियोगितामा ३० गुणका आधारमा विजेता चुनिएको थियो। यसमा राँगोको वीर्यको गुणस्तर, पुर्खाको प्रजनन इतिहास लगायतका गुण हेरिएको थियो। हरेक गुणमा युवराज खरो उत्रियो।

राँगो मालिक करमवीरले यसलाई आफूले छोरा सरह पालेको बताए। उनी आफूलाई पैसा नचाहिएको पनि बताउँछन्। उनले भने, ‘युवराजबाट म हरेक वर्ष ५० लाख कमाउँछु।‘ यो पैसा राँगोको उच्चकोटीको वीर्य मार्फत आउने पैसा हो।

१४ फिट लम्बाई र ५ फिट ९ ईन्च अग्लो  युवराजले दैनिक २० लिटर दूध, ५ किलो स्याउ र १५ किलो उच्च गुणस्तरको दाना खान्छ। राँगोलाई दैनिक ४ किलोमिटर हिँडाइन्छ। करमवीरका अनुसार युवराजका लागि उनी महिनाको २५ हजार खर्च गर्छन्। करमवीरले भने, ‘चण्डिगढका एकजना किसानले राँगोलाई ७ करोड दिएका थिए तर उनले बेच्न अस्वीकार गरे।‘

सरदार वल्लभभाइ पटेल कृषि विश्वविद्यालयमा पशुको खास प्रतियोगिता भएको थियो। विश्वविद्यालयका वरिष्ठ वैज्ञानिक रविंदर सांगवान यो कुरुक्षेत्रमा यी किसानका लागि राँगो एउटा उपहार भएको बताउँछन्। ‘मुर्रा जातको साँच्चै स्तरीय उदाहरण हो युवराज,’ सांगवानले भने, ‘युवराज हरेक दिन ५ दशमलब ५ देखि ५ मिलीलिटरसम्म उच्च गुणस्तरको वीर्य उत्पादन गर्छ।‘

उनका अनुसार युवराजको वीर्यलाई डायल्युट गरेर ३५ मिलीमिटर बनाइन्छ। यसको ० दशमलब २५ मिलीलिटर वीर्यको एक डोज १५ सय रुपैयाँमा बिक्री हुन्छ, जुन एउटा मुर्रा भैंसीका लागि पर्याप्त हुन्छ।

यो हिसाबले युवराजले दिनमा २ लाख १० हजार भारु आम्दानी गर्छ। युवराजलाई जन्म दिने भैंसीले हरेक दिन २५ लिटर दूध दिन्थ्यो। भारतका उत्तरी राज्यमा युवराजको वीर्यको उच्च माग रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell