PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

​एनआरएन चुनावमा भिनाजुलाई भोट माग्दै राजेश हमाल



​एनआरएन चुनावमा भिनाजुलाई भोट माग्दै राजेश हमाल

  • पहिलोपोस्ट-
काठमाडौं : हातमा खासै फिल्म नभएपछि अभिनेता राजेश हमाल अहिले फुर्सदिला छन्।

पछिल्लो साता उनी गैरआवसीय नेपालीको सम्मेलनलाई लिएर धेरै ब्यस्त छन्। उनी एनआरएन त होइनन् तर, एनआरएन उपाध्यक्षमा उठेका भिनाजु खगेन्द्र क्षेत्रीलाई जिताउन भोट माग्न व्यस्त भएका हुन्। 

घाँटीमा भिनाजुको प्रचार सामग्री झुन्डाएर उनी भोट मागिरहेका भेटिन्छन्। भिनाजुलाई जिताउन उनकी दिदी तथा क्षेत्री पत्नी रेखा र हमाल पत्नी मधु समेत सक्रिय छन्। हमाल दम्पत्तिको मुड अहिले सोल्टी क्राउन प्लाजाको चुनावमा कैद छ। 

हमाललाई साथ दिएका छन् फिल्म निर्माताहरु सुनिल रावल, निर्देशक सुरज सुब्बा नाल्बो र गोविन्द शाही समेतले। ‘हामी हमालजीसँगै खगेन्द्र दाईलाई जिताउन सक्रिय छौ’ सुनिलले भने। 

यसैगरी, अध्यक्षमा शेष घलेलाई जिताउन ‘हँसिया’ निर्मात्री दुर्गा घले लन्डनबाट अहिले काठमाडौंमा छिन्। दुर्गा खुलेरै शेषको पक्षमा चुनावी अभियान चलाइरहेकी छिन्। शेषले दोस्रो कार्यकाल जिते विदेशमा नेपाली फिल्मको बजार विस्तार हुने उनको विश्वास छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell