PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

विश्वकै धनी मुलुक कुन ? कतार; हेर्नुस् धनी मुलुकको सूची



विश्वकै धनी मुलुक कुन ? कतार; हेर्नुस् धनी मुलुकको सूची
फोटो : http://www.qatar.northwestern.edu

कतार, लक्सेम्बर्ग र सिंगापुर : भूगोलका आधारमा विश्वका साना यी तीन मुलुकहरु विश्वका सबैभन्दा धनी मुलुक रहेको ग्लोबल फाइनान्स म्यागेजिनले दावी गरेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्याङ्कलाई आधार मानेर म्यागेजिनले विश्वका सबै देशको कूल ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आय र धनी र गरिबको अवस्था मूल्याङ्कन गरेर संसारका धनी मुलुकको सूची तयार गरेको हो।

यसरी धनी मुलुक छान्दा पर्चेजिङ पावर प्यारिटी लाई पनि आधार बनाइएको थियो जसले त्यहाँका मानिसको जीवनस्तर, किन्न सक्ने क्षमता र अन्य मुलुकका जनतासँग तुलनासमेत गरेको थियो।

सह्रै कम भूभाग भएका मुलुकहरु लिकेटेस्टिन, नाउरु, भ्याटिकन सिटी, मोनाको, सान मारिनो र एन्डोरालाई अध्ययनमा समावेश गरिएको थिएन।

सन् २००९ देखि २०१३ को तथ्याङ्का आधारमा गरिएको विश्लेषणले साउदी अरेबियाको पूर्वी भागमा रहेको कतार विश्वकै धनी मुलुक देखियो।
यही अवधिमा प्रजातान्त्रिक गणतन्त्र कंगो सबैभन्दा गरिब मुलुकमा पर्‍यो।

लग्सेम्बर्ग दोस्रो धनी मुलुक रहेको म्यागेजिनले जनाएको छ। ५ लाखमात्र जनसंख्या भएको यो मुलुक भूपरिवेष्ठित मुलुक हो।
हेरौं विश्वका धनी मुलुकको सूची :


 स्रोत : वर्ल्ड इकोनोमिक फोरमको एजेन्डा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell