PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

दक्ष कामदार कुन देशमा धेरै ?



दक्ष कामदार कुन देशमा धेरै ?

कुनै पनि मुलुकको अर्थतन्त्र सबल हुन त्यहाँ रहेका दक्ष कामदारको सबैभन्दा ठूलो भूमिका हुने गर्छ। कुनै पनि मुलुकको जनशक्ति अति दत्त छ भने त्यहाँको विकास सबैभन्दा तिब्रतर गतिमा अघि बढ्छ। त्यसैकारण नै जनशक्तिलाई मानवीय पुँजी पनि भनिन्छ।

वर्ल्ड इकोनोमिक फोरमले मानवीय पुँजी रिपोर्ट २०१५ मा १ सय २४ वटा अर्थतन्त्रको तथ्याङ्क सार्वजनिक गरेको छ। हरेक मुलुकमा रहेका दक्ष कामदार, व्यवस्थापक, प्राविधिक र अन्य प्रोफेसनलका आधारमा यो तथ्याङ्क ल्याएको हो।

दक्ष कामदारको सूचीमा लग्जेमवर्ग पहिलो स्थानमा रहेको छ जहाँ १० जनामा ६ जना अति दक्ष कामदार रहेका छन्। सिंगापुर र स्विटजरल्यान्ड यो सूचीमा क्रमश: दोस्रो र तेस्रो स्थानमा छ। चौथोमा रहेको इजरायलपछि शीर्ष दश मुलुकमा अरु युरोपले नै ओगट्छ। न्युजिल्यान्ड दशौं स्थानमा छ जहाँ ४७ प्रतिशत दक्ष कामदार छन्।

दक्ष कामदार हुने मुलुकको सूची हेर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell