PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

‘म्याच फिक्सिङ’ प्रकरणमा खेलाडीलाई सात दिन हिरासतमा राख्न आदेश



‘म्याच फिक्सिङ’ प्रकरणमा खेलाडीलाई सात दिन हिरासतमा राख्न आदेश
फोटोः GoalNepal.com

काठमाडौं : विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल मिलोमतो ‘म्याच फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका फुटबल खेलाडीलाई विशेष अदालत काठमाडौँले आज अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न आदेश दिएको छ। 

विशेष अदालतका न्यायाधीशत्रय मोहनरमण भट्टराई, नरेन्द्र सिवाकोटी र भूपेन्द्रप्रसाद राईले एक हप्ता हिरासतमा राख्न आदेश दिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौँले खेलाडीलाई म्याद थपका लागि आज विशेष अदालत लगेको थियो। 

यसअघि यही कात्तिक १० गते अदालतले पक्राउ परेको मितिले १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। तर अदालतले दिएको म्याद यही कात्तिक १३ गते शुक्रबार नै सकिएको थियो । तर हिजो शनिबार सार्वजनिक बिदा परेकाले खेलाडीलाई आज उपस्थित गराएको हो। 

राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेको प्रहरीले अनुसन्धानका लागि भन्दै आठ दिन समय मागेको थियो । तर बहसपछि विशेष अदालतले यही असोज १४ गतेदेखि लागू हुने गरी सात दिनका लागि समय थप गरेको विशेष अदालतका कर्मचारी राममणि फुयाँलले जानकारी दिए। 

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले गत असोज २७ गते राष्ट्रिय टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell