PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

टिभीकी पहिलो महिला प्रधानमन्त्री आशा सिंहको शपथ सम्पन्न, सभामुख घर्ती र अमेरिकी राजदूत अतिथि



टिभीकी पहिलो महिला प्रधानमन्त्री आशा सिंहको शपथ सम्पन्न, सभामुख घर्ती र अमेरिकी राजदूत अतिथि

  • अंगद ढकाल/पहिलोपोस्ट -
काठमाडौँ : 'म...आशा सिंह...सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु, ईश्वरको नाममा शपथ लिन्छु कि...'

प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको शपथ समारोहपछि आज एउटा अर्को शपथ समारोह हुँदै थियो। कार्यक्रममा आमन्त्रित थिए पहिलो महिला सभामुख ओनसरी घर्ती र महिला अमेरिकी राजदूत एलियाना टेप्लिज। 

यो कार्यक्रम थियो नेपाली टेलिभिजनकी पहिलो महिला प्रधानमन्त्री आशा सिंह उर्फ गौरी मल्लको। शितल निवासमै देखिने शपथको झल्कोमा लिइएको यो शपथ कार्यक्रमको आयोजना भने जय नेपाल हलमा भएको थियो। 



अमेरिकी सहयोग नियोग युएसएडको आर्थिक सहयोगमा सर्च फर कमन ग्राउन्डले नेपाली टेलिभिजनमा पहिलो महिला प्रधानमन्त्री देखाउने गरी यो टेलिसिरियलको कन्सेप्ट र सुटिङ अगाडि बढाउँदा ठूला पदमा महिला आसिन थिएनन्। सिरियल प्रसारण नहुँदै नेपालमा विद्या भण्डारीले पहिलो महिला राष्ट्रपतिका रुपमा शपथ लिइसकिन् भने त्यसअघि पहिलो महिला सभामुखका रुपमा ओनसरी घर्ती स्थापित भइसकेकी थिइन्। 

हेरौँ कार्यक्रमका केही फोटो-















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell