PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

​योजना आयोग उपाध्यक्षमा डा. युवराज खतिवडा नियुक्त



​योजना आयोग उपाध्यक्षमा डा. युवराज खतिवडा नियुक्त

  • पहिलोपोस्ट-
काठमाडौं : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रीपरिषदको वैठकले डा. खतिवडालाई नियुक्त गरेको कानुन मन्त्री तथा सरकारका प्रवक्ता अग्नि खरेलले जानकारी दिए। पूर्व गभर्नर खतिवडा एमाले निकटका अर्थविद मानिन्छन्।

उनी माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको रुपमा काम गरेका थिए। त्यतिबेला उनले पूरा अवधि काम नगरी योजना आयोग छाडेर गभर्नरको जिम्मेवारी सम्हालेका थिए।

एमले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएपछि योजना आयोगका उपाध्यक्ष डा.गोविन्द पोखरेल र सदस्यहरुले पनि राजीनामा दिएपछि आयोग पदाधिकारी बिहीन थियो। 

पढ्नुस् केही समय अघि राष्ट्रबैंको गभर्नर हुँदाको खतिवडाको बायोडाटा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell