PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

​सेल्फीबारेका ११ रोचक कुरा जुन तपाईँलाई थाहा नहुन सक्छ



​सेल्फीबारेका ११ रोचक कुरा जुन तपाईँलाई थाहा नहुन सक्छ

  • राजु आचार्य-
हिजोआज युवापुस्तामा सेल्फी निकै लोकप्रिय बनेको छ। परिवार तथा साथीहरुसँगको जमघट, चाडपर्व, भ्रमणहरुमा मान्छेहरु सेल्फी खिचिरहेका हुन्छन्। स्मार्ट फोनहरुको बढ्दो प्रयोग र सामाजिक सञ्जालमा तत्काल अपलोड गर्न सकिने भएकाले पछिल्लो समय नेपालमा पनि सेल्फी खिच्ने चलन बढेको छ। आफ्नो तस्बिर आफैले खिच्नुलाई सेल्फी भनिन्छ। एक्लै होस् वा समूहमा सेल्फी लिनु अहिले सामन्य जस्तै छ। सामन्य मानिसदेखि प्रतिष्ठित ब्यक्तिहरुले पनि सेल्फी लिएका छन्।

तर सेल्फी खिच्ने चलन नयाँ भने होइन। सन् १८३९ मा रोबर्ट कोर्नेलिउसले पहिलोपटक आफ्नो तस्बिर आफैले खिचेका थिए। पछिल्ला समयमा ऐनामा पनि आफ्नो तस्बिर लिन थालियो। सन् २००० आसपास  एकल वा सामुहिक तस्विरहरु अनलाइनमा (विशेषगरी माइस्पेसमा) देखिन थाले पनि सन् २००५ पछि मात्रै सेल्फी शब्दको प्रयोग र सोसँग सम्बन्धित फोटोहरुको व्यापकता हुन थाल्यो। फेसबुक, ट्विटर, फ्लिकर जस्ता सामाजिक सञ्जालहरुले यसको प्रयोगलाई उचाइमा पुर्‍याए। सर्वसाधारणदेखि राजनीतिज्ञ, कलाकार सबै क्षेत्रका सेलीब्रेटीहरु यिनको प्रयोग गर्दछन्।

यी हुन् सेल्फी सम्बन्धि रोचक जानकारी

१) रसियामा गाडी चलाउँदा पनि मान्छेहरुले सेल्फी खिच्न थालेपछि दुर्घटनाहरु बढे। सेल्फीकै कारण कतिपय मान्छेको सडक दुर्घटनामा मृत्यु भएपछि सन् २०१५ मा रसियाले सेल्फी प्रयोग सम्बन्धि नीति नै बनायो।

२) सन् २०१३ मा सेल्फी शब्दलाई वर्षको शब्द घोषणा गर्दै अक्सफोर्ड डिक्सनेरीमा राखियो।

३) सेल्फी शब्दको सबै भन्दा बढी प्रयोग अस्ट्रेलियामा हुने गर्दछ। यो शब्दको सुरुवात पनि सन् २००२ मा अस्ट्रेलियाबाट भएको थियो।

४) अमेरिकाको साउदर्न कालिफोर्नियामा सेल्फी विषयमा पढाई हुने गर्दछ।

५) सन् २०१४ मा उत्कृष्ट अन्वेषण मध्य सेल्फी स्टिक पनि परेको थियो जसको सहायताले सेल्फी फोटो खिच्ने गरिन्छ।

६) सेल्फी तस्विरको आधारमा मानिसहरुको बानीबेहोराको बारेमा पनि अनुसन्धान गरिएको छ। जस्तै : तलबाट फोटो खिच्नेहरु सहयोगी स्वभावका हुन्छन्।

७) यही वर्षको सात महिनामा मात्र करिब २६ जना मानिसहरु सेल्फी लिँदा मरेका थिए।  

८) सन् २०१३ मा गरिएको अध्ययनले एक हप्तामा फेसबुकमा ३६८००० पटक सेल्फी शब्दको प्रयोग गरी स्टयाटस लेखिएका छन् भने १५०००० पटक ट्विटरमा।    

९) दुई तिहाइ अस्ट्रेलियाका युवतीहरुले (१८ देखि ३५ वर्ष) सन् २०१३ मा सेल्फी फोटो खिचेका थिए। अधिकांश फोटोहरु फेसबुक तथा ट्विटर प्रयोजनका लागि थिए।

१०) सेल्फीका लागि एप्लिकेसन समेत बनाइएको छ। 

११) अन्तर्राष्ट्रिय सेल्फी अनुसन्धान सञ्जालले सेल्फीका विभिन्न आयामहरुका बारेमा छलफल गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell