PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मन्त्री बनेपछि चित्रबहादुरको नयाँ लुक्स



मन्त्री बनेपछि चित्रबहादुरको नयाँ लुक्स

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उपप्रधानमन्त्री सहित सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। बिहीबार भएको मन्त्रिपरिषद बिस्तारमा पुराना नेता केसीले उपप्रधान तथा सहकारी मन्त्री जिम्मेवारी पाएका हुन्।

उनी निलो कोट, खरानी रङको दौरासुरवाल र कालो टोपीमा ठाँटिएर बिहीबार दिउसो राष्ट्रपति कार्यालयमा सपथ लिन पुगेका थिए।  



२०१४ सालदेखि नेपालको बामपन्थी राजनीतिमा रहेका नेता केसीले १९ वर्ष भूमिगत जीवन बिताएका छन्।

नेपाली राजनीतिमा संघीयताको बहस छिरेदेखि अन्तिमसम्म पनि त्यसको विरोधमा रहेका केसी नेपाली राजनीतिमा इमान्दार नेताका रुपमा चिनिन्छन्। यसको एउटा कारण हो उनी कहिल्यै पनि शासनमा रहेनन्।


मोहनविक्रम सिंह महामन्त्री रहेको नेकपा मशालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाको नेतृत्वमा रहेका केसी पार्टीमा हुने दुइ लाइन संघर्षहरुमा चुनाव लड्नुपर्ने पक्षमा उभिन्थे।



मशालको मुखपत्र 'हाँक' साप्ताहिकका कार्यकारी सम्पादक नारायण शर्मा केसीलाई भित्र एउटा र बाहिर अर्को व्यवहार नभएको नेताका रुपमा चिनाउँछन्। 

बानेश्वरमा रहेको संसद भवन, सिंहदरबार, अनामनगर आसपास र घट्टेकुलोमा रहेको डेरा उनको दिनचर्या थियो। उनी पैदल हिँड्थे, टेम्पो चढ्थे, आम मान्छेजस्तै। सधैँभर सत्ता बाहिर रहेर इमान्दारको छवी बनाएका केसीको दिनचर्या अब फेरिनेछ। 

राजनीतिको उत्तरार्ध्दमा उनले मन्त्री बनेर सेवा गर्ने मौका पाएका छन्, यो मौका उनले कत्तिको उपयोग गर्नेछन् हेर्न बाँकी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell