PahiloPost

Oct 26, 2025 | १० कात्तिक २०८२

प्रचण्ड भन्छन्- नेपाल भारत सम्बन्ध पुनः परिभाषित गर्नुपर्ने बेला आयो



प्रचण्ड भन्छन्- नेपाल भारत सम्बन्ध पुनः परिभाषित गर्नुपर्ने बेला आयो

  • कृष्ण खनाल-
बुटवल : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सम्बन्ध पुनःपरिभाषित गर्नुपर्ने बेला आएको बताएका छन्। क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले शनिबार बुटवलमा गरेको कार्यक्रममा अध्यक्ष पचण्डले नेपालले कसैसँग झगडा गर्न नचाहेको स्पष्ट पारे।

भारतले गरेको अघोषित नाकाबन्दीले देश अस्तव्यस्त भएको भन्दै प्रचण्डले असल छिमेकीले अन्तर्राष्ट्रिय सन्धीसम्झौता विपरित नाकाबन्दी लगाएकोले यो मुद्दा आफै अन्तर्राष्ट्रियकरण भएको बताए।

‘कुटनीतिक रुपमा समस्या सामाधानको लागि प्रयास जारी छ, हामीले संविधान बनाएर गल्ती गरेका होइनौं’, एमाओवादी निकट कार्यकर्तालाई प्रशिक्षण दिन उप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीसहित बुटवल आएका प्रचण्डले भने, 'हामीले कसैसँग झगडा चाहेका छैनौँ।'

नेपालले पछिल्लो समयमा ऐतिहासिक चुनौति सामाना गरिरहेको भन्दै उनले विषम परिस्थितिको डटेर सामना गर्नुपर्ने बताए।

नेपालको संविधान विश्वमै प्रगतिशील रहेको भन्दै उनले प्रश्न गरे- 'नेपालले बनाएको संविधानको बारेमा अन्य देशको किन टाउको दुख्ने?'

प्रचण्डले राष्ट्रलाई अप्ठ्यारो परेको बेलामा अन्तिम समयसम्म सामना गर्ने प्रतिज्ञा गर्नु सबैको दायित्व भएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell